समानुपातिकतर्फ कांग्रेसले मतान्तर घटायो, साँझसम्ममा गणना सकिने

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना शुक्रबार नै सकिने जनाए पनि गणनाको अन्तिम परिणाम थाहा पाउन शनिबार साँझसम्म कुर्नुपर्ने भएको छ । २ जिल्लाको गणना बाँकी रहेपछि समानुपातिकतर्फको अन्तिम परिणाम आउन ढिलाइ भएको हो ।

प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना भने आयोगले बुधबार नै सकेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको गणना दू्रत गतिमा भइरहेको जानकारी दिँदै शनिबार साँझसम्ममा गणना सकिने बताए ।

आयोगका अनुसार अहिले सुनसरी र सर्लाही जिल्लाको मतगणना भइरहेको छ ।

कांग्रेसले घटायो मतान्तर

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा कांग्रेसले मतान्तर घटाएको छ ।

आयोगका अनुसार एमाले–कांग्रेसबीचको मतान्तर ५२ हजारको छ । मतगणनाका क्रममा एमालेले कांग्रेसलाई झण्डै १ लाख मतले पछि पारेको थियो । मतगणना अन्तिम चरणमा आउँदा स्थिति सुधारेको कांग्रेसले ३० लाख ६० हजार ८५० मत हासिल गरेको छ । एमालेले कांग्रेसको भन्दा ५२ हजार बढी अर्थात् ३१ लाख १२ हजार ७४७ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीको पक्षमा हालसम्म १२ लाख ७३ हजार ७७१ मत परेको छ भने संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ बटुलेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेका छन् ।

स्रोत : अनलाइनखबर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button