सहकारीबाटै आर्थिक विकास सम्भव छ – कोईराला

 

राष्ट्रिय सहकारी महासंघकी सञ्चालक प्रभा कोइरालाले नेपालको आर्थिक विकास सहकारीबाटै सम्भव भएको बताएकी छन । कैलाश बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सहकारीबाटै आर्थिक विकास सम्भव भएको बताउदै सानै भए पनि उद्योग संचालन गर्नु गर्नेमा जोड दिईन।

उनले भनिन“ नेपालमा सहकारी मार्फत नै विकास गर्न सकिन्छ, अव वन्ने सरकारले सहकारीलाई पनि त्यहि अनुरुप हेर्नु पर्दछ, सवैमा सहकारीको सहि ढंगले प्रयोग र पहुच हुन सके यसैबाट विकास सम्भव छ । ” देशमा हाल करिब ३५ हजार सहकारी भएकोले सवै सहकारीले आर्थिक पारदर्शी र नयाँ ढंगले काम गर्नुपर्ने उनको भनाई थियो । सहकारीमा नकरात्मक ढंगले आर्थिक हिनामिना गर्ने व्यक्तिलाई प्रबेसमा रोक लगाउनु पर्ने संचालक कोईरालाको भनाई छ । कुनै पनि काम गर्नू पुर्व सपना देख्नु पर्ने बताउदै उनले सपना नदेख्नेले विकास गर्न नसक्ने दाबी गरिन । सानै भए पनि उद्योगबाट स्वरोजगार भएर अघि बढ्न नेपाली युवालाई उनले आग्रह गरिन ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फ उपाध्यक्ष गोर्णक कार्कीले सहकारीले दिगो रुपमा संचालन हुने ढंगले अब सोच्नु पर्ने बताए । यसैबिच, कार्यक्रममा पत्रकार कमल पौडेल अथकलाई सम्मान गरिएको छ । पत्रकारीताको माध्यमबाट संस्थाको प्रचार प्रचारमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै पौडेलाई सम्मान गरिएको हो। त्यसैगरी कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नविनराज पौडेल सहितका व्यक्तिलाई सम्मान गरिएको थियो। संस्थाले २०७० साल देखि आफ्नै लगानी, आफ्नै उत्पादन र आफ्नै बजार भएको देशकै पहिले उद्योगको रुपमा कैलाश सहकारी फोटो फ्रेम उद्योग सञ्चालन गरेको छ। उद्योगमा हाल ६१ लाख ६९ हजार २ सय ९६ रुपैया लगानी गरेको छ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी विकास वैकका वैक प्रवन्धक जीवन पण्डीत, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनराज काफ्ले, सम्मानित व्यक्तित्व कमल पौडेल अथक, संस्थापक अध्यक्ष नविनराज पौडेल, पोखरा फोटोग्राफर संघ पोखराका अध्यक्ष तुलसीराम सुवेदी, मुल आयोजक समितिका संयोजक जीवन ढुंगाना, उपाध्यक्ष शिवहरि अधिकारी , सचिव टीकाराम पराजुली लगायतले बोलेका थिए। संस्थाको सेयर पूजी २ करोड १६ लाख २५ हजार, निक्षेप संकलन २ करोड ६१ लाख २७ हजार ६ सय १६ र ऋण लगानी ३ करोड २० लाख ५५ हजार तीन सय ५७ रुपैया रहेको छ।

संस्थाले महिलाहरुलाई सहकारीमा बढी कारोवार गराउने उद्धेश्यले ऋण लिदा अन्यलाई भन्दा एक प्रतिशत कम व्याजदरमा ऋण उपलब्ध गराउदै आएको छ । हाल ६० लाख रुपैया महिलाहरुको नामबाट ऋण लगानी भएको सहकारीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए । उनका अनुसार सहकारीमा एक सय ६४ शेयर सदस्य मध्य ४६ जना महिला शेयर सदस्य रहेका छन।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button