पोखरामा सुजुकी गाडीको एक्सचेञ्ज क्याम्प जारी

पोखरामा मारुती सुजुकी गाडीको एक्सचेञ्ज क्याम्प चलिरहेको छ । शुक्रवारदेखी सुरु भएको एक्सचेञ्जमा दुई दिनमा ७ वटा गाडी विक्री भएको बतास व्रदर्शका विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

चार पाङ्ग्रे सुजुकी सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता सीजी मोटोकर्पले देशभर पुस ७ देखी ९ गतेसम्म एक्स्चेञ्ज क्याम्प संचालन गरेसँगै पोखरामा आधिकारिक विक्रेता बतास वद्रर्शले पनि आयोजना गरेको हो ।

एक्स्चेञ्ज अफरका रुपमा छानिएका मोडलहरुमा रु. ७५ हजार सम्मको एक्स्चेञ्ज बोनसका साथै सुजुकीका मोडलहरुमा प्रतिस्पर्धात्मक छुटपनि उपलब्ध गराईको र उपभोक्तालाई थप सहजताको अनुभव दिने सोचका साथ कम्पनीले अन स्पट भ्यालुएशनका साथै अन स्पट फाइनान्स सुविधापनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागन आर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नी कार्गो, ओम्नी भ्यान र ईको लगायत रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button