विचार/ लेख

के हो त स्मार्ट सिटी ? ?

  • 200
    Shares

गोबिन्दराज पहारी – लेखक

हालै सम्पन्न चुनावी अभियानमा राजनीतिक पार्टीहरुले बडा जोडतोडका प्रयोगमा ल्याईएको अवधारणा हो स्मार्ट सिटी। जनमानसमा ठुलो प्रभाव पार्न सफल यो चुनावी प्रचार प्रसारको नारा हर पार्टीको चुनावी घोषणापत्रमा देखियो। तर यथार्थमा यो नाराको बारेमा तिनै नेताहरु अस्पष्ट भेटिए।

अबको समयमा आम जनमानसले स्मार्ट सिटीको अवधारणाक बारेमा प्रष्ट भएर सो अनुसार उचित माग गर्नु पर्ने बेला हो। स्मार्ट सिटी बन्नका

लागी त्यहाँका नागरिकले परिवर्तन देख्न मात्र नभै उक्त परिवर्तनको महसुस पनि गर्न सक्न पाउनुपर्छ।  स्मार्ट हुनुको अर्थ कुनै पनि घटनालाई देख्नु, विचार गर्नु र तत्काल उचित निर्णय लिन सक्नु हो। यस अर्थमा स्मार्ट सिटी त्यओ सहर हो जसले देख्छ वा महसुस गर्छ, विचार गर्छ र मागलाई तुरुन्त उचित सम्बोधन पनि गर्छ ।

[quote bcolor=”#21abce”]एउटा स्मार्ट सिटीको परिकल्पना तब मात्र साक्षात हुनसक्छ जब सहरका हर कोहिले परिवर्तनलाई देख्न र महसुस गर्न सक्छ्न्। [/quote]

हालसालै नेपालका केहि ठाउँहरुमा फ्री वाईफाई जोनहरु विकास गरिएको छ। केहि सरकारी कार्यालयहरुमा डिजिटल कार्य सम्पादन हुन थालेको छ। तर यस्तो परिवर्तन कार्यालयको आन्तरिक तहसम्म नै सिमित रहन पुगेको छ, एउटा स्मार्ट सिटीको परिकल्पना तब मात्र साक्षात हुनसक्छ जब सहरका हर कोहिले परिवर्तनलाई देख्न र महसुस गर्न सक्छ्न्। उक्त परिवर्तनमा हिस्सा लिन अनि तुरुन्त लाभ पनि लिन सक्छन्। त्यस्तै स्मार्ट सिटीले सम्पुर्ण मानव समुदाय र पर्यावरणलाई दिगोपनको महसुस पनि गराउन सक्नुपर्छ।

स्मार्ट सिटीका बारेमा यति जानेपछी अब को प्रश्न हाम्रो सिमीत स्रोत र साधनले कसरी हामी स्मार्ट सिटीको निर्माण गर्न सक्छौ भन्ने हो। यसको उत्तर डाटा साइन्स र IOT( internet of things) हो जसलाई विकसित देशहरुको स्मार्ट सिटीको मेरुदण्डका रुपमा लिइन्छ। विश्वका स्मार्ट सहरहरु मुलत तीन आधारभुत खुड्किलामा उभिएका छन्, पहिलो यथेष्ट तथ्यांक सङ्कलन, दोस्रो सङ्कलित तथ्यांकको प्रकृयागत प्रसंस्करण र तेस्रो चाहिएको समयमा माग अनुसार प्रतिक्रिया। पर्यावरणीय संरक्षण र दिगोपनलाई मुख्य उद्देश्य मानेर विकास गरिएका युरोपेली सहरहरु स्मार्ट सिटीको अवधारणा बुझ्न उत्तम नमुना सहरहरु हुन्। 2017को ग्रीष्ममा युरोपको भ्रमणका क्रममा मैले स्मार्ट सिटी देख्ने र महसुस गर्न मौका पाएँ।

मेरो आफ्नो स्मार्ट सिटीको महसुसलाई निम्न तीन शिर्षकमा व्याख्या गर्न चाहन्छु:

देख्नु र महसुस गर्नु-

स्मार्ट हुनुको पहिलो गुण देख्नु र महसुस गर्नु हो। स्मार्ट सिटीले IOT का माध्यम बाट देख्छ र महसुस गर्छ। तीव्र गतिको ईन्टरनेट र सोसँग जोडिएका बिभिन्न संयन्त्र र उपकरणको माध्यमले सहरले आफ्नो वातावरण नियाल्ने गर्छ। युरोपेली सहरहरुको भ्रमणका दौरान मैले थुप्रै किसिमका सेन्सरहरु देख्न पाएँ। यि सेन्सरले आआफ्नै कार्यहरु गर्थे। सोलारबाट सञ्चालित सडक बत्ती, पार्किङ क्षेत्र, वायु प्रदुषणको अवस्था मापन गर्ने लगायतका थुप्र सेन्सरहरु यि सहरमा प्रयोग गरेको देखियो। यी सबै बिल्कुल अनौठा प्रविधी हेर्दै गर्दा मैले सबै भन्दा मननयोग्य कुरा यो पाएँ कि यो सबै प्रविधिको मुख्य उद्देश्य एउटा जोडिएको समाज निर्माण, दिगोपन तथा पर्यावरणको संरक्षण अनि पारदर्शी प्रणालीको बिकास गरी खुला प्रजातन्त्रलाई टेवा पुर्याउनु नै थियो।

सोच्नु:

स्मार्ट सिटीको दोस्रो मापदण्ड सोच्ने क्षमता हो। सङ्कलित तथ्यांकलाई प्रसंस्करण गरी डाटा साईन्सका विधी र उपयुक्त सफ्ट्वेयर प्रयोग गरेर बिश्लेषण गर्न सक्नु स्मार्ट सिटीको अर्को विशेषता हो। IBM, Sisco लगायतका ठुला कम्पनीहरुले AI ( Artificial Intelligence) का क्षेत्रमा व्यापक लगानी र अनुसन्धान गरेर सहि समयमा सहि निर्णय लिने क्षमता बिकास गर्न स्मार्ट सिटीलाई उल्लेख्य सहयोग गरेका छन्। निरन्तर खोज गरेर नविन सोच र सेवा आम जनसमुदायमा पुर्याउनु स्मार्ट सिटीका डाटा साइन्टिस्ट र इन्जिनियरको उद्देश्य हो।

अनुमान र प्रतिक्रिया:

स्मार्ट सिटीको तेस्रो मापदण्ड भविष्यको माग अनुसार अनुमान र प्रतिक्रिया दिन सक्ने क्षमताको विकास गर्नु हो। विविध सफ्टवेयर र आउटपुट उपकरणको मद्दतले स्मार्ट सहरले आफ्ना जनतालाई रियल टाइममा सुसूचित, प्रभावित र सहयोग गर्न सक्छ। उदाहरणका लागि बार्सिलोनामा पार्किङ एपका मद्दतले ड्राइभरहरु खाली पार्किङ स्थान खोज्न सक्छन् जसले इन्धन र समयको बचत अनि अनावश्यक भिड हटाउन सहयोग गर्छ। त्यस्तै बार्सिलोनाका बस स्टपहरुमा डिजिटल प्रविधिबाट बस आउने, प्रस्थान गर्ने समय, गन्तव्य लगायतका सुचना प्रवाहित भईरहेका हुन्छन्। फ्री वाईफाई सेवा अनि सहरको बारेमा जानकारी दिने एपको मद्दतले पर्यटकहरु स्मार्ट सिटीको महसुस लिन सक्छन्। त्यस्तै स्टकहोल्मको समय र भिड अनुसार परिवर्तन हुने ट्राफिक लाइट सिस्टम भविष्यको प्रक्षेपण र सो अनुसार प्रतिक्रिया दिने स्मार्ट प्रणालीको अर्को उदाहरण हो।

[quote bcolor=”#21abce”]स्मार्ट सिटी भित्रैको कुनै गुफाबाट गरिबीले चिहाईरहनेछ, जिस्काई रहनेछ । [/quote]

यसरी अत्यन्त विकसित देशहरुमा समेत विकास हुँदै गरेका स्मार्ट सिटीहरु नेपाल जस्तो विकासशील मुलुकमा सजिलै बनाउँछु भन्नु लगभग असम्भव कुरा हो। स्मार्ट सिटी निर्माणका थुप्रै चुनौतीहरु माझ स्मार्ट सिटीका लागि एउटा सुदृढ जग बसाल्न सक्नु नै आजको नेतृत्वको उल्लेखनीय उपलब्धि हुनेछ। सीप र स्रोतको चुनौती बाहेक आफ्ना नागरिकलाई सुसूचित तथा शिक्षित बनाउनु, नागरिक मैत्री सेवा विकास गर्नु, समाजका विपन्न वर्गको क्षमता अनुसारको सेवा प्रवाह गर्नु जस्ता भिन्न खालका चुनौती नेपाली स्मार्ट सिटीले सामना गर्नु पर्ने हुन्छ। नेपाली नेतृत्वले स्मार्ट सिटीको सपना बाडँदै गर्दा मुख्य रुपमा देशमा व्याप्त गरीबिलाई विशेष रुपमा सम्बोधन गर्नु पर्ने हुन्छ। अन्यथा स्मार्ट सिटी भित्रैको कुनै गुफाबाट गरिबीले चिहाईरहनेछ, जिस्काई रहनेछ।

लेखक – राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका  पश्चिमाञ्चल क्षेत्रीय संयोजक, पर्यटन ब्यबसायी  तथा समाजसेवी हुन् ।

 

1 Comment

1 Comment

  1. आयुसमा पहारी

    2017-12-28 at 4:06 PM

    ताल न बेतालको कुरा लेखेर
    हावा कुरा गरदो रैछ बुडो
    पैला नै अरुले लेखेको कुरा लेखेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top