भारतबाट पोखरा भित्रिने फलफुल तरकारीमा २७ प्रतिशत सम्म बिषादी

डीएनबी ।

 

पोखरामा छिमेकी मुलुक भारत हुदै देशका विभिन्न जिल्लाबाट दैनिक लाखौंको मुल्यका फलफुल तरकारी भित्रिन्छ ।  पोखरा भित्रिने फलफुल तरकारीमा प्रयोग हुने  बिषादी को मात्रा नेपालकै अन्य ठाउँबाट भित्रिने तरकारीको तुलनामा भारतबाट भित्रिने तरकारीमा बढी भेटिएको छ ।  अनुगमन टोलीले सोमबार पोखरामा  गरेको ल्याब टेष्टबाट भारतबाट पोखरामा  भित्रिने फलफुल तरकारीमा २७ प्रतिशत  बिषादी मिसावट भएको देखिन्छ ।

जिल्ला अनुगमन समितिले सोमबार भारत देखि देशका विभिन्न जिल्लाबाट पोखरा भित्रिएका ८ प्रकारका फलफुल तरकारीको बिषादी परिक्षण गर्दा अधिकतम २७ प्रतिशतसम्म  बिषादी मिसावट भएको पुष्टि भएको बिषादी अवसेस द्रुत बिष्लेषण ईकाई शान्तिवन वाटिका पोखराले जनाएको छ ।

सोमबार विहान करिब पौने ५ बजे पोखराको शान्ति वन वाटिकामा रहेको फलफुल तरकारी बजार (कृषि उपज) मा सवारी साधनबाट ल्याउदै गरेका विभिन्न  केराउ, काउली, सिमी, जुगुनी फर्सि, भेण्डा, गाजर, टमाटर र केराको नमुना  लिई उक्त अवसेस द्रुत बिष्लेषण ईकाईलाई बुझाए पछि उक्त रिपोर्ट इृकाईले दिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए । भारतबाट ल्याईएको सिमीमा २७.१९६ प्रतिशत सम्म बिषादी भेटिएको कोइरालाले जनाए । त्यसै गरी नवलपरासिबाट ल्याइएको केरामा भने ७.५९३ प्रतिशत बिषादी भेटिएको छ भने चितवनबाट पोखरा आउने काउलीमा ५.८९८ प्रतिशत बिषादी, हेटौंटाबाट आउने भेण्डामा १४.१९९ प्रतिशत बिषादी मिसावट भएको ईकाईले जनाएको छ । ईकाइको रिपोर्टको आधारमा भारतबाटै ल्याईएको केराउमा भने सवै भन्दा कम बिषादी अर्थात ४.०९५ प्रतिशत देखिन्छ ।

अनुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइराला, कृषि विकास कार्यालय कास्कीका कृषि प्रसार अधिकृत प्रकाश बास्ताकोटी लगायतका रहेका थियो । अनुगमन एक पटक मात्र भएर नहुने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कोइरालाले बताए । उनले भने“बजार अनुगमन नियमित हुनु पर्छ, मानव स्वास्थ्य माथि र जनताको ढाड नै सेक्ने गरी कसैले चर्को मुल्य लिएको छ भने त्यस्तालाई छाड्न हुदैन ।”

जिरो देखि ३५ प्रतिशतसम्म बिषादी मिसावट भएको फलफुल तरकारीमा स्वास्थ्यको लागि सुरक्षित अर्थात खानलायक मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्मको बिषादी मिसावट हुदा केहि दिन राखेर वा केहि सावधानि अपनायर प्रयोग गर्ने, ४५ देखि ५५ प्रतिशतसम्म बिषादी मिसाएको फलफुल तरकारी खादा खतरा हुने हुन्छ । ५५ प्रतिशत माथि बिषादी मिसावट भएको फलफुल तरकारी उपयभोग नै गर्न नहुने अबस्थामा हुने गर्दछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button