भत्कियो पोखरा रंगशालाको प्यारापिट, १ अर्व ३३ करोडको लागतमा पुन निर्माण हुने

केशब पाठक ।

पोखरा रंगशालाको पुरानो फुटबल प्यारापिट बुधबार बाट भत्काउन सुरु गरिएको छ । पश्चिमान्चल क्षेत्रीय  खेलकुत  विकास समितीले भिम शर्माको अध्यक्षतामा गठित उपभोक्त समिती मार्फत प्यारापिट भत्काउन सुरु गरिएको हो ।
सान २०१९ को मार्च महिनामा नेपालमा आयोजना गरिने १३ औ दक्षिण एशियाली खेलकुद (साग गेम्स) लाई मध्येनजर गर्दै नयाँ संरचना बनाउन फुटबल रंगशाला भत्काउन थालिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बताए ।

करिब १ अर्व ३३ करोडको लागतमा पोखरा फुटबल स्टेडियम अबको १० महिनामा निर्माण सम्पन्न हुने गरि काम थालिने अध्यक्ष पौडेलले बताए । उक्त स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ग्लोबल टेण्डर समेत आह्वान गरि टेण्डर पक्रियालाई अन्तिम चरणमा पु¥याएको अध्यक्ष पौडेलले बताए ।

२०४२ सालमा निर्मित हालको पुर्वाधार २०७२ सालको भुकम्पले थप जर्जर बनेकोले पनि नयाँ पूर्वाधार निर्माण गर्न आवश्यक रहेको अध्यक्ष पौडेलले बताए । हालको संरचना भत्काउन परिषदले ४४ लाख रुपैंया निकासा गरिसकेको उनले जानकारी दिए । अबको एक महिनामा पुरानो संरचना भत्काएर ग्लोबल टेण्डरमा स्विकृती पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउने अध्यक्ष पौडेलले बताए ।

स्मरणिय के छ भने १३ औं सागमा पोखरामा खेलाइने ६ खेल मध्ये महिला फुटबल पनि रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button