भोजपुरमा चिया खेतीका लागि निःशुल्क माटो परीक्षण गराइयो

भोजपुर जिल्लामा चिया खेतीका लागि निःशुल्क माटो परीक्षण शिविरमा माटोको नमूना परीक्षण गराइएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको सदरमुकाममा माटो परीक्षण गरेको हो ।

शिविरमा भोजपुर जिल्लाको आमचोक गाउँपालिका, ट्याम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र छिमेकी जिल्ला खोटाङको जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका किसानले ५७ प्रकारको माटोको नमूना परीक्षण गराएका थिए ।

सबै किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा चिया र कफी दुवैका लागि भोजपुर उपयुक्त रहेको चिया विस्तार योजना, फिक्कल, इलामका योजना प्रमुख सुमन त्रिखत्रीले बताउनुभयो ।

भोजपुरका धेरै ठाउँमा चिया खेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानलाई खेती गर्न समस्या परिरहेको थियो । किसानले सहज तरिकाले खेती गर्न सकून् भन्ने उद्देश्यले माटोको परीक्षण शुरु गरिएको योजना प्रमुख त्रिखत्रीको भनाइ छ ।

जिल्लामा मंगलबार र बुधबार दुई दिनसम्म माटो परीक्षण शिविर सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button