पोखरा सडक महोत्सबमा थामीनसक्नु पर्यटक, मध्यरात सम्म जाग्नेछ पोखरा

डीएनबी  ।

अगेंजी नयाँ बर्षको गन्तव्यनै बनेको पोखरामा आईतबार पर्यटकहरु थामीनसक्ने गरी पोखरा भित्रिएका छन । पोखरा आसपास सहित देशका विभिन्न स्थानबाट अगेंजी नयाँ बर्ष मनाउन पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईडमा आउने प्रचलन बढेपछी  पोखरामा थामि नसक्नु पर्यटक भित्रिएको व्यवसायिहरु बताउछन। अफसिजन मानिने यो समयमा  पोखरामा सडक महोत्सव  संचालन भएपछी  पर्यटक उल्लेखनिय रुपमा  पोखरा भित्रिएका हुन ।

पोखराको लेकसाईडमा करिब साँढे तीन किलोेमिटर सडकमा झिलीमिलि वत्ति सहित विभिन्न खानाका परिकार सडक पेटिमै प्रदर्शन तथा विक्रि वितरण गरिनु र सांगीतिक माहोल सिर्जना गरिनुले  पनि ठुलो सङख्यामा पर्यटकहरु महोत्सवमा आईपुगेका हुन। पोखरामा जारी पोखरा सडक महोत्सवले  विदेशी पर्यटकहरुको तुलनामा आन्तरिक पर्यटकहरु बढी आकर्षित भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।  सडक महोत्सबकोबेला  पोखराका बिभिन्न  पर्यटकीय स्तरिय होटलमा मात्र एकै रातमा ३०/३५  हजारको हाराहारीमा  पर्यटकहरुले रात विताउने तुलाचन बताउछन् । अहिले पोखरामा आन्तरिक पर्यटक संगै  भारतिय पर्यटकहरुको समेत आगमन राम्रो रहेको उनले जनाए ।

पोखरामा रहेका पर्यटकीय  स्तरका होटलमा एक रातको सामान्यतया एक हजार देखि १० हजारसम्म लिने गर्दछन  । अगेंजी नयाँ बर्षको अवसरमा केहि होटल व्यवसायीहरुले दोब्बर देखि  चार पांच  गुणासम्म शुल्क लिने गरेको पर्यटकहरुले गुनासो गर्दै आएका छन् । होटल  संघमा आवद्ध होटलमा यस्तो नहुने संघले जनाएता पनि  ब्यबसायीले संघको निर्णय मानेको पाइदैन । यदि यदि ब्याबसायीले चर्को  मुल्य लिएमा कारवाही गर्नु पर्ने पोखराका पर्यटन व्यवसायि गणेश भट्टराइले बताउछन । “ एक दुई दिन आउने पर्यटकलाई फेरी आउने वातावरण दिनु पर्छ, यहि हो मौका मनेरै एकै पटक धेरै चर्काे मुल्य अशुल्ने गर्नू हुदैन यदि यस्तो हुन्छ भने उनीहरु उपर कारवाही गर्नु पर्छ ”-उनले भने ।

पर्यटकहरुको अफसिजन मानिने डिसेम्वर र जनवरी महिनाको अवसरमा पोखरामा सडक महोत्सव हुदै आएकोले गर्दा  यहाँ उल्लेख्य संख्यामा पर्यटकहरु भित्रिने गरेको रेवान पोखराका अध्यक्ष एवं १९ औं पोखरा सडक महोत्सवका संयोजक  चौ बहादुर गुरुङले बताए । उनले भने “ यति वेला पोखराका होटल तथा रेण्टुरेण्ट व्यवसायिहरुलाई भ्याई नभ्याई हुन्छ, सडक महोत्सबको  एक साताको व्यापारले पर्यटन व्यवसायीलाई  धेरै राहत हुने गरेको छ । ”

अगेंजी नयाँ बर्षको अवसरमा पोखरामा हुने हवाई फ्लाइटमा समेत बृद्धि भएको छ । केहि दिन अघि देखि पोखरामा करिब ३० प्रतिशतले हवाइ फ्लाइटमा बद्धि भएको नागरिक उडड्यन कार्यालय पोखराका सुचना अधिकृत कासीराम सुवेदीले बताए । काठमाण्डौंबाट पोखरा आउने यात्रु वाहक बसमा तथा पर्यटकीय स्तरका बसमा समेत यात्रुको चाप बढेको छ ।

अगेंजी नयाँ बर्षको अवसमा पर्यटकहरु आएकोले गर्दा यात्रुको चाप बढेको पश्चिमाञ्चल क्षेत्रिय नाट्टा संघ पोखराका अध्यक्ष डिल्ली गौतमले बताए ।

नयाँ वर्षको स्वागतार्थ आज पोखरा मध्यरात सम्म जाग्नेछ । नयाँ वर्षको  लागि भारतको मन्त्र व्याण्ड, नबिन के. भट्टराई, तृष्णा गुरुङ्ग लगायतको प्रस्तुतीले मध्यरात १२ बजेसम्म दर्शकहरुलाई मनोरञ्जन दिलाउने महोत्सबका सह संयोजक लक्ष्मण बरालले जनाए । नयाँ बर्षको स्वागतको लागि महोत्सब स्थल कोमागाने पार्क तथा सडक क्षेत्रमा पर्यटकहरु भरिभराउ भइसकेका छन् ।

चार दिन सम्म चल्ने महोत्सब सोमबार राति समापन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button