म्याग्दी महोत्सवलाई विभिन्न संघसंस्थाबाट १६ लाख सहयोग

यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सव, माघेसंक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई विभिन्न निकायले रु १६ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसार तथा लगानीमैत्री वातावरण बनाउन आयोजित महोत्सवमा जिल्लाका पाँच वटा गाउँपालिकाले प्रतिगाउँपालिका रु दुई लाख, म्याग्दी प्रवासी नेपाली संघ मोना (आइसी)ले रु तीन लाख, आइएमइ गु्रपले रु तीन लाख सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटकीय र ओझेलमा परेका क्षेत्रको प्रचारप्रसारका साथै लगानी भित्र्याउनसमेत महोत्सवले सघाउने बताइएको छ ।

महोत्सव अवलोकन गर्न आउनेलाई नगर तथा गाउँपालिकास्तरसम्म रहेका पर्यटकीयस्थलका बारेमा जानकारी गराउने मूल संयोजक एवं संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रर्वद्धन गरौँ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा एक लाख ५० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button