पोखरा सडक महोत्सवमा यस वर्ष पनि आतासवाजी

अग्रेंजी नयाँ बर्षको अवसरमा पोखरामा यस बर्ष पनि आतासवाजी गरिएको छ । रेवान पोखराको आयोजनमा पोखरामा संचतालन भएको पोखरा सडक महोत्सवको अवसरमा आइतबार राति मध्य रातमा करिक एक मिनेट जसो आतासवाजी भएको हो । आतासवाजी हेर्न भनी हेर्न आइतबार मध्य रातमा ठुलो सङख्यामा पर्यटकको अत्याधिक भिड नै लागेको थियो ।

अग्रेंजी नयाँ बर्ष पोखरा एउटा गन्तव्य नै बनेकोले आएका पाहुनालाइ नौंलो तथा फरक ढंगले मनोरन्जन दिने उद्धेश्यले यस बर्ष पनि रेवान पोखराले बसुन्धरा पार्क तथा कोमागानेपार्क क्षेत्रको आकासमा आतासवाजी गरेको आयोजकले जनाएको छ । आयोजकले करिब ७ लाख रुपैया खर्चियर उक्त आतासवाजी गर्दै आएको हो ।

उक्त दृश्य हेर्न र त्यसबाट मनोरन्जन लिनको लागि एक लाख भन्दा बढी पर्यटकहरु एकै रातमा पोखराको लेकसाईड क्षेत्रमा पुगेको रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक चौ वहादुर गुरुङ्गले दाबी गरे। संयोजक गुरुङले यस बर्ष पछि आफुहरुले अपेक्षाकृत ३ लाख भन्दा बढी पर्यटकहरु भित्राउन सफल भएको बताए । प्रशासनिक हिसावले आतासवाजी गर्न मनाही गरे पनि आयोजक रेवान पोखराले पर्यटकहरुलाई आकषर्णको रुपमा रहेको भन्दै बर्षेनी अग्रेंजी नयाँ बर्षको आगमन हुने मध्य रात जनवरीको पहिलो रातमा आतासवाजी गर्दै आएको छ ।

अफसिजनको रुपमा रहेको यस मौसममा हरेक बर्ष उक्त महोत्सव आयोजना गर्दै आउदा महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बढ्दै आएको छ । कोमागाने पार्कमा मुख्य स्टेज सहित रातिको पप कन्र्सट भएको छ भने पोखराको लेकसाईड स्थित फिस्टेल गेट देखि डिहिकोपाटनसम्म करिब साँढे ३ किलोमिटर क्षेत्रमा महोत्सवको रौनक रहेको थियो । यसपाली पनि केही पर्यटकहरु खाना, होटल तथा यात्रामा ठगिएको गुनासो गरेकाछन। पुष १३ देखि संचालन भएको महोत्सव सोमबार देखि सम्पन्न भएको हो । यो अवसरमा पोखराका अधिकाशं होटलहरु आईतबार र सोमबारको लागि भरिभराउ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

महोत्सवमा नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेको छ । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नारा सहित आयोजना हुने उक्त महोत्समा भारतीय, चिनिया, जापानिज, कोरियन सांस्कृतिक कार्यक्रम रहने थियो भने महोत्सवमा हस्तकलाका समानको प्रदर्शनी, साहासिक खेल गतिविधिको बृतचित्र प्रर्दशनी, वाल उद्यान समेत रहेको थियो। त्यसै गरी देशका सातै प्रदेशको सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको सांस्कृतिक संयोजक भरत शर्माले बताए ।

महोत्सबको अवसरमा ६ जिल्लाका सुन्तला प्रदर्शनी तथा सुन्तला खेति सम्बन्धि जानकारी समेत गराइएको रेवान पोखराका द्धितिय उपाध्यक्ष लक्ष्मण बरालले बताए । क्षेत्रिय कृषि विकास कार्यालयको समन्वयमा प्रदेश ४ का ६ जिल्ला कास्की, तनहुँ, गोर्खा, स्याङ्जा, पर्बत र लमजुङ गरि ६ वटा जिल्लाका शुन्तलाका स्टल रहेका थिए । महोत्सवलाई सफल पार्न पोखरा वस व्यवसायी समिति र विन्यवासिनी वस व्यवसायी समितिले विहान ३ बजेसम्म सेवा दिएको संयोजक गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button