आँखु हाइड्रोमा करिब पाँच अर्ब लगानी गर्ने

हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

सो आयोजनामा सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभू बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत रु छ अर्ब ३० करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाले सो आयोजनामा रु चार अर्ब ७२ करोड लगानी गर्नेछन् ।

रु एक अर्ब २४ करोड प्रवद्र्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ । स्थानीयबासीका लागि रु १६ करोड र रु २४ करोड बराबरको साधारण शेयर जारी हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशुली थ्री ए वा त्रिशुली थ्री बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ ।

प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापतिसमेत रहनु भएका प्रधानले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

कार्यक्रममा बदलिँदो परिवेशमा जलविद्युत् क्षेत्रको अवस्थाका बारेमा परिचर्चा समेत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button