पोखरामा सुप्रो कार्गो भ्यान शुभारम्भ

महिन्द्रा एण्ड महिन्द्रा कम्पनी प्रा.लि.को उत्पादन सुप्रो कार्गो भ्यान पोखरामा बुधबार शुभारम्भ गरिएको छ। महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि. काठमाण्डौं र गण्डकी धौलागिरीका लागि पोखरास्थित आधिकारिक बिक्रेता बिश्वकर्मा अटो मार्ट पोखराले कार्गो भ्यानको शुभारम्भ गरेको हो।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका नेपाल बजार प्रमुख दविन्दर महोत्रा र दुगड ब्रदर्स एण्ड सन्स प्रालिका बिजनेस हेड बद्री भट्टराईले भ्यानको संयुक्त शुभारम्भ गरेका हुन्। डिजेलबाट चल्ने सुप्रो कार्गो भ्यान ढुवानीका लागि कम्पनीले उत्पादन गरेको हो। एक टन क्षमताको कार्गो भ्यान व्यवसायीहरुको मागलाई सम्वोधन हुनेगरी डिजेल भ्यानका रुपमा डिजाइन गरिएको महोत्राले बताए।

अत्यधिक माइलेज दिने सुप्रो कार्गो भ्यानमा एक लिटर डिजेलबाट २० किलोमिटर गुड्ने क्षमताको छ। कार्गो भ्यानमा डी.आई इञ्जीन, क्लोज बडी, १३ सय ३० लिटर भोल्युम क्षमता छ।

भ्यानको हाल नेपाली मूल्य १३ लाख ५० हजार छ। पोखराको नयाँबजारस्थित विश्वकर्मा अटो मार्टका प्रोपाइटर शिव श्रेष्ठले भ्यानको बिक्रि शुभारम्भ अवसरमा ५० हजार नगद छुट रहेको बताए। विक्रिपछिका सेवा सर्भिस, पार्ट्स, वारेन्टी सहज रुपमा उपलब्ध गराइने श्रेष्ठले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button