पोखराका सुन चाँदी व्यावसायी परम्परागत गरगहना निमार्णमा

एक लाख भन्दा बढी भारतिय कालिगढद्धारा नेपालमा बार्षिक करोडौं कमाउने,

बुट्टा भर्ने सहितको तालिम भने पोखरामा पहिलो पटक

 

पोखरा एक आधुनिक शहरको रुपमा विकसित भई रहदा यहाँका परम्परागत बिषय बस्तुहरुलाई संरक्षण गर्नु पर्ने देखिन्छ । नेपाली परम्परागत रुपमा चलन चल्तीमा रहेका सुनका गर गहना निमार्ण गर्ने व्यक्ति (कालिगढ) को सङख्या कम, बजारमा यसको महत्व समेत कम भएकोले गर्दा यसलाई संरक्षण गरी नेपाली मौलिकताको संरक्षण गर्ने एउटा अभियान सुरु भएको छ ।

नेपाली परम्परागतका गर गहना सहिको बुट्टा भर्ने उक्त तालिम सम्भवत पोखरामा नै पहिलो पटक भएको व्यवसायीहरुले बताएकाछन। नेपाली परम्परागत गर गहनाको संरक्षण गर्दै व्यवसायी प्रवद्र्धन गर्न पनि सुन चाँदी व्यवसायी संघ कास्कीको आयोजनामा एक महिने नेपाली परम्गरागत सुन, चाँदीका गरगहना निमार्ण गर्ने तालिम संचालन भएको हो । नेपाली परम्परागत गर गहनाहरु विस्तारै लोप हुने अबस्थामा पुगेकोले त्यसको संरक्षणको लागि आफुहरुले पोखरा क्षेत्रमा रहेका कालिगढलाई एकै थलोमा पारी तालिम दिदै गरेको संघका कार्यवहाक अध्यक्ष राजेसमान बुद्धचार्यले बताए । उनका अनुसार विदेशी टेलि श्रृखलामा महिलाहरुले लगाउने गरगहना पोखरा क्षेत्रका केही महिलाहरुले समेत मन पराउने गरेका छन। भारतीय बंगाली गर गहनाले नेपाली बजारमा करिब ५० प्रतिशत जसो प्रयोग हुने गरेको छ भने पछिल्लो केहि बर्ष देखि नेपाली परम्परागत गर गहनाको समेत ५० प्रतिशत जसो प्रयोग हुने गरेको कार्यवहाक अध्यक्ष बुद्धचार्यले जनाए ।

विगत १५ बर्ष अघि देखि भारतीय बंगाली गर गहना नेपाली बजारमा प्रयोगमा आएका हुन । उनले भने “ भारतीय बंगाली गर–गहनाहरु निमार्ण गर्दा धेरै सानो तार जालीले जोड्नु पर्ने भएकोले गर्दा यस्ता गर गहना निमार्णमा धेरै समय लाग्ने र झनझटिलो हुने गर्छ, तर हाम्रो दिदी बहिनीहरुले यस्तै गर गहनाको माग गर्छन ।” नेपाली कालिगढले भारतीय बंगाली गर गहना खासै बनाउने सिप नभएकोले गर्दा पनि त्यसको बजार भारतीय कालीगढले नै लिएको बुद्धचार्यले जनाए । पोखराकोे सुन चाँदीको बजार हाल सन्तोसजनक रहेको उल्लेख गर्दै आफुहरुले माग गरे अनुसारको कच्चा पदार्थ (सुन) सरकारबाट नपाएकोले गर्दा व्यवसायमा प्रभाव पर्ने गरेको कार्यवहाक अध्यक्ष बुद्धचार्यले गुनासो गरे ।

कास्की क्षेत्रमा हाल हप्ताको ३ केजी सुन अपुग भएको संघले गुनासो गर्दै आएको छ। कास्कीमा हप्तामा कम्तिमा पनि ५ केजी सुनको माग भएको बुद्धचार्यले जनाए । पोखरा क्षेत्रमा हाल ३ सयको हाराहारीमा सुन चाँदी व्यवसायीहरु रहेकाछन। पोखरा क्षेत्रमा एक हजार भन्दा बढी नेपाली र एक सय ५० जना जसो भारतिय कालिगढहरु रहेकाछन। विल बिजक विना केहि उपभोक्ताहरुले पुरानो सुन पसलमा विक्रि गर्न आउदा केहि चोरीको समेत सुन हुने गरेकोले गर्दा केहि व्यावसायीहरुलाई प्रहरी प्रशासनले अनावश्यक रुपमा डर धम्की दिने गरेको उनले गुनासो गर्दै यसलाई राज्यले सहि ढंगले नियमन गर्नुपर्ने उनले माग गरे । पोखरा क्षेत्रमा भने मोहोरीया टोल देखि सुन चाँदीको व्यवसायि यात्रा सुरु भए पनि हाल पोखराका मुख्य बजारमा बिस्तार भएको छ ।

नेपालमा दक्ष जनशक्ति (कालिगढ) नहुदा कास्कीबाटै बर्षेनी ८ करोड भन्दा बढी रुपैया विदेशीने गरेको संघ कास्कीका महासचिव तथा तालिम संयोजक मन बहादुर लामगादेले बताए । उनले भने “ हामीले पहिला आफ्नो परम्परागत गर गहनाको संरक्षण गरी युवा बर्गलाइ आकषर्ण गर्न पनि यस्तो तालिम संचालन गरेका हौं, यस पछि आधुनिक गर गहना बनाउने तालिम समेत संचालन गर्ने सोचमा छौं । ” उनका अनुसार गले तिलहरी, छड्के तिलहरी, माडवारी, ढुम्री, चन्द्रमा, शिरपाते, शिरवन्दी, माघ मुखे, श्रीफुल, वाला, तायो, लाहुरे फुली लगायतका नेपाली गरहगनाहरु हाल लोप हुने अबस्थामा पुगेका छन। नयाँ मोडलका गर गहनामा धेरैको आकषर्ण भएकोले गर्दा आफ्नो परम्परालाई संरक्षण गर्न पनि एक महिने तालिम हाल संचालन गरिएको उनले जनाए । उनले भने “ हामीले स्वदेशमै दक्ष कालिगढ उत्पादन गर्न सके विदेश जाने युवालाई यही रोजगार दिन सक्छौं ।” संयोजक लामगादेले सरकारी निकायबाट समेत यस्तो तालिम ताथ कालिगढा उत्पादन गर्ने तर्फ सहयोग हुनु पर्ने माग गरे ।

तालिम प्रशिक्षक सुरेन्द्र विकले अबका युवा बर्गले परम्परागत गर गहनाको संरक्षण गर्न नसके व्यवसायमा समेत असर पर्ने भएको बताउदै आफ्नै पन आफ्नै पहिचानको लागि पनि परम्गरागत गर गहना आवश्यक भएको बताए । धेरै युवाहरु तालिमबाट प्रोत्शाहित भएको बताउदै उनले एक महिना भन्दा ६ महिनाको तालिम आवश्यक हुने जनाए । दुई दशक देखि कालिगढको रुपमा काम गर्दै आएका उनले यसको नेपाली बजारमा माग राम्रो रहेको जनाए । मासिक उनले ३५ हजार भन्दा बढी आम्दानी गर्दै आएकाछन। विगत ९ बर्ष कतारमा रोजगारको अनुभव सम्हालेर स्वदेश फर्किएका प्रकाश सुनार यति वेला परम्परागत सुनका गहना बनाउने तालिममा व्यस्त भएकाछन। आफ्ना काकाबाट प्रेरणा पाए पछि हाल स्वदेशमै रमाउने मनसायले तालिम लिएको उनले बताए । उनले भने “यस्तो तालिम पहिले नै मैले पाएको भए साउद म रोजगारको लागि विदेश जाने थिईन । ”

दीपक गहतराज, हर्क गहतराज र सुरेन्द्र सुनारले तालिम दिदैछन। निकासि प्रवद्र्धन केन्द्र ललितपुर र संघ कास्कीको संयुक्त आयोजनामा पोखरामा आयोजना भएको हो । उक्त तालिमको हालै एक समारोहका बिच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले उद्घाटन गरे । कार्यक्रमका बोल्दै उनले देशको आर्थिक समृद्धि र विकास भन्ने कुरालाई समाजका हरेक क्षेत्रमा दक्ष जनशक्ति आवश्यक परेको बताउदै सुन चाँदी व्यवसायिहरुले थालेको उक्त अभियानको प्रंशम्सा गरे ।

संघका केन्द्रिय सदस्य एवं संघ कास्कीका पुर्व अध्यक्ष चन्द्रकिशोर गौतमले नेपालमा हाल २ लाख भन्दा बढी सुन चाँदीका गर गहना बनाउने कालिगढ भएको बताए । उनले भने“ हामीसंग हाल दक्षजनशक्ति अभावले गर्दा भारितिय कालिगढले यहाँ करोडौं आम्दानी गर्न सफल भएका छन, तर हाम्रा नेपालीहरुले उनीहरुको जस्तो लगतशिल र दक्ष हुने हो भने करोडौं रुपैया हाम्रै नेपालीले पाउन सक्छन । ” हाल एक लाख भन्दा पनि भारतिय कालिगढले नेपालकी बजारमा सुन चाँन्दी बनाउदै आएको उनले दाबी गरे । देशमा हाल करिब २ हजार ५ सय जना व्यवसायी भए पनि राज्यले दिने सुनको ममत्र निकै कम भएको उनले गुनासो गरे । संघका कार्यवहाक अध्यक्ष राजेसमान बुद्धचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्की, संघका केन्द्रीय सदस्य दुर्गा बहादुर सुनार, सिटिईभिटिई पोखरा कार्यालयका निमिक्त प्रमुख जिवन भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष वलराम ढकाल, स्वर्णकार कल्याण समिति कास्कीका अध्यक्ष राजु गौतम, संघ कास्कीका द्धितीय उपाध्यक्ष भविन्द्र विश्वकर्मा लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button