पोखरामा फोर्ड, इकोस्पोर्टको बिक्रि

फोर्ड कम्पनीको ईकोस्पोर्ट जिपको नयाँ भर्सन गाडीको पोखरामा बिक्रि वितरण शुभारम्भ गरिएको छ। नेपालका लागि आधिकारिक आयातकर्ता गोल्छा अर्गानाइजेशनको गण्डकी, धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता अटो भेञ्चरले शुक्रबारदेखि पोखरामा उक्त गाडीको बिक्रि वितरण शुरु गरेको हो।

नव निर्वाचित प्रतिनिधिसभा सदस्य रबिन्द्र अधिकारी र प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उक्त गाडीको बिक्रि वितरण गरेका हुन्। अधिकारीले अटो भेञ्चर यस क्षेत्रको आफैमा प्रतिष्ठित ब्यापारिक संस्था भएकाले नयाँ र पुराना उपभोक्ताबीच आफ्नो सेवालाई चुस्त दुरुस्त राख्नेमा आफू विश्वस्त रहेको बताए।

अटो भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक ध्रुब थापाले फोर्ड ब्राण्ड अमेरिकाको विश्वविख्यात ब्राण्ड रहेको र भारतमा निर्माण गरिने भएकाले यसको बिश्वनियता देखेर नै पोखरामा भित्राएको प्रष्ट पारे। ‘नयाँ फोर्ड, ईकोस्पोर्ट फन, स्टाइल र टेक्नोलोजी हो,’ थापाले भने, ‘नयाँ ईको स्पोर्ट, पुरानो ईको स्पोर्टभन्दा निकै राम्रो देखिनुको बिशेषता आकर्षक बाहिरी बनावट हो।’

प्रवन्ध निर्देशक थापाले पहिलेको ईको स्पोर्टमा राखिएको इञ्जिन भन्दा नयाँ ईको स्पोर्टमा राखिएको ईञ्जिन तुलनात्मक रुपमा स्मार्ट र कार्यकौशलपूर्ण रहेको बताए।

नयाँ ईको स्पोर्ट पेट्रोल १.५ लिटर, टीआई–भीसीटी ईञ्जिन राखिएको छ। यसले १२३ पीएस पावरको शक्ति प्रदान गर्दछ। जुन पहिलेको इको स्पोर्टको भन्दा २५ प्रतिशतले बढि पावर हो। नयाँ फोर्ड ईको स्पोर्टले नयाँ प्रविधिको साथै भरपुर सुरक्षा, स्टाइल र फनका लागि बनाइएको प्रबन्ध निर्देशक थापाले बताए। ‘फोर्डले कम्प्याक्ट एसयुभीमा पनि ठूलो नाम कमाएको छ,’ थापाले भने, ‘कम्प्याक्ट एसयुभीमा सुरक्षालाई ध्यानमा राखेर डुअल–फ्रण्ट, एअरब्याग र एबीएस रहेको छ।’

चालकको बढि सुरक्षाका लागि अटोमेटिक ट्रान्समिसन, ८ ईञ्च फ्लोटिङ टच स्क्रिन रहेको छ। साथमा इमर्जेन्सी ब्रेक, एसिस्ट र ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता सुरक्षा सुविधा फोर्डको नयाँ ईको स्पोर्टमा रहेको छ। फोर्ड ईको स्पोर्टले पेट्रोल इञ्जिनमा म्यानुअल ट्रान्समिसनका साथै ६–स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध गराएको छ।

डिजेल गाडी मन पराउनेहरुका लागि नयाँ ईको स्पोर्ट ५–स्पीड, म्यानुअल ट्रान्समिसन १.५ एल टीडीसीआई डिजेल जसले १०० पीएसको शक्ति प्रदान गर्नुको साथै २३ केएमपीएलको फ्यूल इफिसिएन्सी दिन्छ। आफ्नो स्मार्ट फोनसमेत जोड्न मिल्ने ईको स्पोर्टमा स्वर आदेशहरु पनि दिन सकिन्छ।

एसयुभीमा भएको एपल कार प्ले र एण्ड्रोइड अटो कम्प्याटिबलले चालकलाई गाडी चलाएको अवस्थामा पनि फोन गर्न, मेसेज पठाउन वा पाउन र बाटोको दिशा हेर्न सजिलो बनाएको छ।

एसयुभीलाई विश्वभर प्रख्यात फोर्ड डिजाइनमा आधारित रहेर तयार पारिएको हो। एलइडी डेटाइम, रनिङ लाइट राख्नुको साथै नयाँ प्रोजेक्टर हेडल्याम्प पनि रहेको छ। एसयुभी फोर्ड ईको स्पोर्ट गाडीको नेपाली मूल्य ३९ लाखदेखि माथि पर्ने एडभेञ्चर प्रा.लि.ले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button