चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।

ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर उहाँको मृत्यु भएपनि घरपरिवारले आइतबार मात्र थाहा पाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button