पोखरामा चिनियाँ चलचित्र र फोटो प्रदर्शन

चिनियाँ सांस्कृतिक केन्द्र नेपालले शनिबार पोखरामा चाइनीज चलचित्र प्रदर्शन र फोटो प्रदर्शनीको आयोजना गरयो ।

नेपालमा चाइनीज संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले चलचित्र र फोटो प्रदर्शन गरिएको हो । पोखरा उद्योग वाणिज्य संघमा चाइनीज चलचित्र ‘वल्फ वारियर टू’ र चीनको संस्कृति, इतिहाँस र वातावरण झल्कने खालका तस्वीर प्रदर्शनी गरिएको सेन्टरका प्रोग्राम म्यानेजर वाङले जानकारी दिए ।

कार्यक्रमकाे उदघाटन गर्नुहुँदै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रदर्शनीले २ देशका सांस्कृतिलाई बुझ्न र पढ्न सहयोग पुगेको बताउँदै समय समयमा यस्ता कार्यक्रम हुनु पर्नेमा जोड दिए । चाइनाको विकास र प्रगतिलाई आत्मसाथ गर्न सके नेपालमा पनि विकास हुन सक्ने उनले बताए । सेन्टरले आयोजना गर्ने कार्यक्रममा महानगरपालिका सहकार्य गर्न तयार रहेको उनले बतए ।

चिनियाँ सांस्कृतिक केन्द्र का डाईरेक्टर ईन कुनसाेङले नेपाल र चिनबीचको संस्कृतिलाई आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button