किन पछाडि प्वाल परेको पाइन्ट लगाउँछन् चिनियाँ बच्चा ?

यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो ।

बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।

यो विशेष प्रकारकेा पाइन्ट हो, जसको पछाडिपट्टीको भागमा ठूलो प्वाल पारिएको हुन्छ ।

पहिलेको तुलनामा यस्तो लुगाको प्रयोग आजकल कम हुँदै गए पनि अझै यो परम्परा सकिएको छैन ।

चीनमा आउने विदेशी नागरिकहरु यो पराम्परालाई राम्रो मान्दैनन् । उनीको भनाइमा यो लुगा लगाउनले बालबालिकामा विभिन्न किसिमका समस्या सिर्जना हुन्छ ।

ब्राजिलबाट बेइजिङमा सिफ्ट भएका एक वकिलले बीबीसीसँग भनेका छन्, ‘गत हप्ता म बेइजिङको एक महँगो सपिङ सेन्टरमा गएको थिएँ । त्यहाँ मैले एक जना बच्चाले झुकेर पटीमा शौच गरिरहेको देखेँ । फेरि केहीवेरमा उसको आमाले पट उठाएको देखेँ । म निकै चकित भएँ । त्यो एकदमै अजिब थियो ।’

देख्नमा यो पोशाक नराम्रो लागे पनि केही फाइदा पनि छन् । चिनियाँहरु यो मान्छन् कि यस्तो पोशाक लगाउनाले बच्चाले शौचालय प्रयोगबारे चाँडै जानकारी पाउँछन् ।

बच्चालाई डाइपर लगाइदिँदा शौचालय जाने बानी ढिलो गरी मात्र बस्ने उनीहरुको भनाइ छ ।

बच्चाहरु गलत ठाउँमा शौच गर्न बसे अभिभावकहरुले रोक्ने गर्छन् । चीनमा बच्चा तीनदेखि चार महिनाको हुने वित्तिकैदेखि शौचालयमा जान सिकाउने गरिन्छ ।

जबकी, पश्चिमी देशहरुमा एक वा डेढ वर्षको उमेरदेखि मात्रै शौचालयमा जान सिकाउने गरिन्छ ।

चिनियाँ बच्चाहरुको यो परम्पराले मानिसहरुको ध्यान खिचिरहेको छ । र, इन्टरनेटमा पनि बहस भइरहेको छ ।

यदि चिनियाँ बजारमा बालबालिकाको कपडा खोज्ने हो भने पाइन्टमा प्वाल परेको बाहेकका कपडा भेट्टाउन मुस्किलै पर्छ । जसले पनि ‘कई डांग कू’ को लोकपि्रयतालाई पुष्टि गर्छ ।

के हुन् बेफाइदा ?

कई डांग कूको अनेक बेफाइदा पनि छन् । पहिलो कुरा त घरदेखि हरेक ठाउँसम्म बालबालिकाहरु शौच गरिरहेको देखिन्छ । यसले सार्वजनिक स्थानमा दुर्गन्ध समेत फैलाउने गरेको छ । र, यसबाट रोग निम्तिने खतरा समेत हुन्छ ।
यो पक्षबाट हेर्दा चीनको गाउँले जीवन अत्यन्तै दुःखद् देखिन्छ ।

चीनमा ‘कई डांग कू’ को प्रयोगलाई लिएर समय समयमा विवाद समेत हुने गरेको छ । हरेक पटक यसको प्रयोग वातावरणको लागि फाइदाजनक छ कि छैन भन्ने बारेमा बहस हुने गरेको छ ।

कतिपयको मान्छन् कि यसको प्रयोगले कयौं टन फोहोर उत्पादन हुने खतरालाई कम गरेको छ ।

केही चिनियाँ डाक्टरहरले भने यो मान्न थालेका छन् कि नष्ट गर्न मिल्ने डाइपरको प्रयोग गर्नु उत्तम हो । र, डाइपरलाई बेलाबेला परिवर्तन गर्नु पर्छ नत्र रोगको सङ्क्रमण हुने खतरा हुन सक्छ ।

स्रोत : अनलाइनखबर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button