पोखरामा एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारी पुरा

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले माघ २ गते देखि माघ ७ गते सम्म संचालन गर्ने ‘साँतौ स्व. रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को सम्पुर्ण तयारी पुरा भएको संस्थाले जनाएको छ । ‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

सो प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस संस्करणमा बगर भाइ खलक युके, युनाइटेड भेट्रान कलकत्ता भारत, काठमाडौ, विरगञ्ज, हेटौडा, चितवन, बुटवल, कैलाली लगाएत स्थानिय क्लबहरु गरि २६ टिमको सहभागिता रहने टिम तयारी संयोजक चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ४० देखि ६५ वर्षको उमेर तोकिएको छ । पोखराको वगर स्थित टुँडीखेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता यस वर्ष पोखरा रत्न एवं खेलकुद कर्मी स्व. रन्जित गुरुङको स्मृतिमा खेलाइने छ । उनी पोखराको खेलकुदको विकास लागी सक्रिय व्यक्तित्व रहेका थिए । उनी तत्कालिन पोखरा उपमहानगरपालिकाले पोखरा रत्नवाट सम्मानित व्यक्तित्व समेत हुन ।

यस बर्ष देखि प्रतियोगिताको नगद पुरस्कार रासी मा वृद्धि गरिएको छ संस्थाले जनाएको छ । जस अनुसार प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता ट्रफी सहित नगद ५ हजार फाइनल म्याचको म्यान अफ दि म्याच ट्रफी सहित नगद पांच हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता बारे जानकारी दिदैं संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च लाग्ने बताए । ‘भेट्रानहरुलाई मैदानमा उतारेर यो प्रतियोगिता मार्फत तिन वटा पुस्तालाई संगै हिडाउने प्रयासको थालनी’ भएको बताए । उनले भने–‘हाम्रो प्रतिवद्धता नै समाजमा खेलकुदका माध्यम द्वारा स्वस्थ्य समाजको निर्माण गर्नु हो ।’ यस प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्य प्रति जागरुक वनाउनु पनि रहेको अध्यक्ष गुरुङले बताए ।

संस्थाले पोखराको खेल विकासमा विशेष योगदान दिए वापत एक जना पूर्व खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । जस अनुसार यस वर्ष पूर्व अन्तराष्ट्रिय टबल खेलाडी एवं चर्चित फुटबल प्रशिक्षक डम्बर गुरुङूलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । यस भन्दा अघि पोखराका अग्रज खेलाडी अन्तर्गत विगतमा पूर्व खेलाडीहरु स्व.सुक बहादुर गुरुङ, मोतिमान शाक्य (२०६८), स्व. शिवशंकर रंजित (२०६९), शम्भु कार्की (२०७०), केशब रंजित (आनन्द) (२०७१), ईन्द्र गौचन (२०७२) दक्ष वहादुर गुरुङ (२०७३) लाई सम्मान गरिसकिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न स्व. रन्जित गुरुङको परिवार छोरा वुहारीहरु राजु गुरुङ र विमला गुरुङ र पदमराज गुरुङ र सीता गुरुङ छोरी ज्वाइहरु मन्जु गुरुङ र मेजर खुसीमान गुरुङ र जुली गुरुङ थापा र राजु थापाले संयुक्त रुपमा आगामी ५ बर्षको लागी मूख्य प्रायोजन गर्ने भएका छन भने बगर भाइ खलक युकेले सह प्रायोजन गर्ने भएको छ । वगर भाइ खलकले प्रतियोगिताका लागि आकर्षक शिल्ड, मेडल हरु समेत पठाएको संस्थाका महासचिव एवम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न मोहन गुरुङ युके, दिनेश गुरुङ र पोखरा १६ निवासी प्रतिक गुरुङले नगद १०–१० हजार पत्रकार सम्मेलनमा नै प्रदान गरे ।

तस्विरः सुदर्शन रन्जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button