१२ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

पोखरा न्युज ।

२०५८ सालमा गठन भएको पोखरेली पूर्व खेलाडीहरुको साझा संस्था भूतपर्व खेलाडी मन्च नेपालले ‘१२ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’को तयारी सुरु गरेको छ ।

सो बारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्चका अध्यक्ष तेज गुरुङले तयारी सुरु भएको बताए । पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई वर्ष देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्र्याउन यस बर्ष देखि मंच ले नेपालको प्रतिष्ठित कम्पनी नेपाल एड्भेन्चरस् स्र्पोट्स प्राली संग सम्झौता गरेको छ ।

पत्रकार सम्मेलनमा मंचका अध्यक्ष गुरुङ र प्रालीका तर्फ बाट निर्देशक शिखर पाण्डेले हस्ताक्षर गरेका छन । समझौता संगै कम्पनीले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा बजार पवद्र्धन जिम्मेवारी पाएको छ । सोही क्रममा स्थानिय बजार पवद्र्धन गर्न मंचले पोखराको ट्रेनर्स नेपाल संग सम्झौता गरेको छ । सम्झौता मंचका अध्यक्ष गुरुङ र कम्पनीका तर्फ बाट पुजन कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

२०७४ फागुन ७ गते पोखरामा आयोजना गरिने म्याराथन बारे जानकारी दिंदै अध्यक्ष गुरुङले पोखरालाई खेलकुदका विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन शहरको रुपमा बिकास गर्न कार्यक्रमको निरन्तरता भएको बताए । उनले ‘पोखरालाई स्र्पोट्स टुरिजमका रुपमा प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरको उत्सवको रुपमा मनाउन पनि यो प्रतियोगिताले भूमिका खेल्ने’ बताए ।

पोखरा म्याराथनमा यस वर्ष पुरुस्कार राशीमा समेत वृद्धी गरिएको र केही क्याटोगरी पनि थपिएको मंचले जनाएको छ । यस वर्ष प्रथम हुनेले नगद ७० हजार दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गर्ने छन । १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५ दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पाउने छन । यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार पाउने मंचले जनाएको छ । प्रतियोगितामा ४सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौड पनि समावेश गरिएको छ । ति क्याटोगोरीमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन । यस बाहेक मनोरन्जन दौडका रुपमा विभिन्न क्षेत्रमा कार्यरत र आम पोखरेली करिव ३ हजार जनालाई ‘रन फर फन’ को रुपमा दौडाउने योजनामा रहेको अध्यक्ष गुरुङले बताए ।

पोखरा म्याराथन रंगशालाबाट सुरुभई विरौटा, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, रानीपौवा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, चाउथे चोक, विरौटा चोक, भोटे चौतारा, रामेश्वर मा.वि., मझेरीपाटन चोक, निराजन चोक, गलेश्वर चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक–अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन, पोखरा हाउजिङ्ग विरौटा हुदैं इयरपोर्ट पूर्वको बाटो चोर साँघु पुल ६ नं. गेट हुदै रंगशालामा पुगेर समापन हुनेछ । त्यसै गरि ५ कि.मी. दौड रंगशालाबाट शुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्क चोकबाट हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक हुँदै रंगशालामा समापन हुने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ५० हजार लाग्ने मंचका सदस्य एवम प्रचार प्रसार संयोजक केशब पाठकले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button