धार्मिक पर्यटन प्रवर्द्धन गर्न फेवातालको शिरमा रहेको पाँचतले गुम्वाको निमार्ण कार्यमा ध्यान दिनुपर्ने

पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर १८ स्थित खपौंदी ढल्केवरमा रहेको पाँचतले गुम्बाको निमार्ण कार्यमा ध्यान दिन वक्ताहरुले जोड दिएका छन। पोखराको पर्यटकीय दृष्टिले निकै रमणिय तथा दृश्यिावलोकनको दृष्टिले समेत आकर्षणको रुपमा रहेको कुङा दोर्जे सङग तेर्लिङ गुम्बाको निमार्ण कार्य छिटो छरितो रुपमा सम्पन्न गर्न शनिबार गुम्वामा आयोजित एक कार्यक्रमकाव क्ताहरुले बताएका हुन।

गुम्बामा आयोजना भएको भेलामा विभिन्न लामा गुरु तथा स्थानियहरुले उक्त गुम्बाबाट फेवाताल तथा पोखरा देखिने तथा पन्चासे मार्ग समेत भएकोले गर्दा हाल निमार्णाधिन अबस्थामा रहेको उक्त गुम्बाको बाँकी काम सक्न आग्रह गरेको स्थानिय गुरु प्रसाद बरालले बताए ।

लामा पदम कर्मा छेवाङको एकल प्रयासमा पोखराको पर्यटकीय स्थल फेवातालको सिरान क्षेत्रमा करिब साँढे ३ करोडको लागतमा पाँचतले पक्की गुम्वा निमार्ण भएको छ । उक्त गुम्बा निमार्णसंगै त्यसको रंगरोगन, फिनिसिङ, मुर्तिहरु राख्न र मृर्तिकलाको सजावटको लागि कम्तिमा एक करोड ५० लाख खर्च आवश्यकभएको गुम्बाका अध्यक्ष लामा पदम कर्मा छेवाङले बताए । उनका अनुसार उक्त गुम्बामा एक सय ८ विभिन्न धर्म सम्बन्धिको मुर्तिहरु राखिने भएको छ ।

कार्यक्रममा बोल्दै गुम्बाका बरिष्ठ सल्लाहकार रुद्रकुमारी गुरुङ (मैना) ले उक्त गुम्वाको निमार्णसंगै बाँकी रहेको काममाआफुहरु कटिवद्ध भयर लाग्ने बताईन। उनले भनिन“धार्मिक तथा पर्यटकीय हिसावले धेरै महत्व रहेको उक्त गुम्बाको अधुरो काम पुरा गर्न हामी सवैले सक्दो सहयोग गर्नु पर्छ । ” गुम्बाका अध्यक्ष गुरु पदम लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ सल्लाहकार सुबेदार मेजर चेत बहादुर गुरुङ, उपाध्यक्ष लामा बिष्णु घिसिङ, कोषाध्यक्ष मेजर गमबहादुर गुरुङ, सचिव रोशन तामाङ, उपसचिव शुक्र तामाङ, स्थानिय गुरु प्रसाद बराल लगायतले उक्त गुम्बाको बाँकी काम निमार्णमा सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कुङा दोर्जे सङग तेर्लिङ गुम्बाको अध्यक्षमा गुरु पदम

पोखरा लेखनाथ महानगरपालीका वडानम्बर १८ स्थित खपौंदी ढल्केवरमा रहेको कुङा दोर्जे सङग तेर्लिङ गुम्बाको अध्यक्षमा गुरु पदम लामा चयन भएका छन।उक्तगुम्बा संचालनको लागि शनिबार गुम्बा परिसरमा भएको एक भेलाले गुरु लामालाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो ।

उक्त अनौंठो तथा पाँच तले गुम्बाको उपाध्यक्षमा लामा विष्णु घिसिङ, सचिवमा लामा रोशन तामाङ, उप–सचिवमा शुक्र तामाङ, कोषाध्यक्षमा मेजर गमबहादुर गुरुङ, सह–कोषाध्यक्षमा लामा नुरकिन डोल्मा रहेका छन ।

त्यसै गरी सदस्यहरुमा लामा दिनेश गुरुङ, लामा गञ्जा तामाङ, लामा कर्म गुरुङ, लामा सागर गुरुङ,लामा मनोज, लामा खुसिमान गुरुङ र लामा जिवन रहेका छन। त्यस्तै गुम्वाको बरिष्ठ सल्लाहकारमा रुद्रकुमारी गुरुङ(मैना), सुव्दार मेजर चेत बहादुर गुरुङ, सल्लाहकारमा लामा धर्म गुरुङ, नायव सुबेदार कृष्णबहादुर गुरुङ, नायव सुबेदार तिलबहादुर गुरुङ, लामा ज्योतिस र क्याप्टेन नैना सिंह गुरुङ रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button