पोखरामा भएको खेलाडी विवादबारे छानविनको माग

पोखरामा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा भिन्दै देशको खेलाडीले अर्को राष्ट्रको नामबाट खेलेको भन्ने संचारमाध्यमहरुमा प्रकाशित एवम् प्रशारित समाचारप्रति अखिल नेपाल फुटबल संघ कास्कीका पूर्वसचिव सुदर्शन रञ्जितले फुटबलको नियमक संस्थाप्रति ध्यानाकर्षण गराएका छन्।

नेपाली फुटबलको नियमक संस्था खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति लगायतले यसको अध्ययन अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गर्न रञ्जितले प्रेस विज्ञप्तिमार्फत माग गरेका छन्।

फरक देशका खेलाडीले आफै समूह बनाएर अर्को कुनै देशको नामबाट खेल्दा पनि अनभिज्ञ नेपाली फुटवलका नियमक निकायमाथि यो ठूलो प्रश्न हो,’ प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘त्यसमा प्रतियोगितालाई गरिमामय सांसदसमेतले उद्घाटन गरेको प्रतियोगिता नियम विपरित हँदा त्यसको सन्देश कस्तो जाला?’

पोखरामा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा दुईवटा देशका खेलाडीहरु नक्कली भनेर सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भैरहेका छन्, विज्ञप्तिमा भनिएको छ, यसले खेलप्रेमी महानुभावहरुमा निकै ठूलो चासो र चिन्ता पैदा गरेको छ ।माल्दिभ्स र भुटानको नाममा खेलेका खेलाडीहरु भारतीय भएको संचार माध्यमहरुमा समाचार छ ।

‘सम्बन्धित देशले आफ्ना खेलाडी नभएको भनेर सार्वजनिक अपिल गरिरहेको अवस्थामा नेपालको अन्तराष्ट्रिय छवी कहाँ पग्ला ?,’ विज्ञप्तिमा प्रश्न गरिएको छ। ‘यदि यो सत्य हो भने अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो गल्ती हो भन्ने मैले बुझेको छु, रञ्जितले उल्लेख गरेका छन्।

‘खेलले राष्ट्रिय एकता कायम राख्छ, खेलकुदको सम्बन्ध बहुराष्ट्रबीच निकै गाढा र प्रगाढ पनि हुने गरेको छ, यो इतिहासदेखि हामीले देख्दै र भोग्दै आएका छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कारणले टाढिएका दुई वा बहुमुलुबीचको सम्बन्ध पुनस्र्थापित गर्ने काम खेलकुदकै माध्यमबाट भएको छ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button