एन्फा कास्कीको अधिवेशन मंगलबार हुने, अध्यक्षमा मिलन र मायाको आकांक्षा

डीएनबी, पोखरा न्युज ।

अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको भोलि (मंगलबार) अधिवेशन हुने भएको छ । आगामी ४ बर्षीय कार्यकालको लागि हुन लागेको एन्फा कास्कीको अधिवेशनमा मिलन गुरुङ र शिव गुरुङ (माया) ले अध्यक्षमा आकांक्षा देखाएकाछन।

मिलन एन्फा कास्कीको उपाध्यक्ष हुन भने माया मनोनित सचिव हुन । एन्फा कास्कीले विगत दुई बर्ष देखि पोखरा कप समेत आयोजना गर्न सकेको छैन भने पोखरा कपको समयमै आय व्याय समेत सार्वजनिक गर्न सकेन । यद्यपि क्लवमा करिब ५ लाख ऋण लागेको एन्फा कास्कीकै पदाधिकारीले बताएका छन। ऋण लागेको बिषयमा समेत मंगलबार छलफल गरी अधिवेशनमा जाने तयारी भएको बताईन्छ । सोमबार एन्फा कास्कीको अधिवेशनलाई लियर पोखराको लेकसाईएको एक रेष्टुरेण्टमा छलफल समेत भएको थियो ।

एन्फा कास्कीमा आवद्ध २४ वटा क्लवहरु मध्य १८ क्लवहरुले मात्र अधिवेशनमा सहभागि हुन पाउनेछन। ४ बर्ष भित्र एन्फाद्धारा संचालन भएका कम्तिमा दुई वटा लिग नखेलेका ६ क्लवले उक्त अधिवेसशनमा सहभागि हुनबाट बञ्चित भएका हुन । आर्थिक प्रतिवेदन तथा सचिवको प्रतिवेदन सहित अधिवेशन हुने बताईएको छ ।

छलफलको क्रममा सल्लाहकारकै नेतृत्वमा नयाँ कार्यसमितिको समेत ल्याउने प्रयास भएको स्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button