पोखरामा सम्पन्न स्क्राबल प्रतियोगितामा बंगलादेशी अबु सकिब प्रथम

पोखरा न्युज ।

पोखरामा अन्तराष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बंगलादेशका अबु सकिब चौधरी प्रथम, गणेश माबि बाग्लुङका बिराट सापकोटा द्धितिय, सैनिक महाबिद्यालय फुलबारीका सुलभ लामा तृतीय र सोसियल पब्लिक स्कुलका सौरज गुरुङले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगिताको बिजेताले प्रमाणपत्रसहित ट्रफी, स्क्राबल बोर्ड, स्टेशनरी सामग्री हात पारे । प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थी तथा रेफ्रीलाई सहभागिताको प्रमाणपत्र बितरण गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका २५ र बंगलादेशका १६ जना बिद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । गत मंसिरको १६ गते सम्पन्न तेस्रो राष्ट्रिय प्रतियोगिताबाट च्याम्पियन बनेका २५ जना नेपाली विद्यार्थीहरुले बङगलादेशी विद्यार्थीसंग अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।

सोमबार पोखराको फूलबारीस्थित सैनिक महाविद्यालयमा स्क्राबल प्रतियोगिता भएको हो । रेलो काठमाण्डौं र सैनिक महाविद्यालय फूलबारी पोखराको सहयोगमा सार्वजनिक पुस्तकालय र अमेरिकन कर्नर पोखराले स्क्राबल प्रतियोगिताको आयोजना गरेको हो । २०७२ देखि पोखरा र यसका आसपासका ८ जिल्लाहरुमा विद्यालयस्तरका कक्षा १० सम्मको विद्यार्थीबीच स्क्राबल प्रतियोगिताको आयोजना गर्दै आएको र हाल यो खेल अन्तरराष्ट्रिय रुपमा सम्पन्न भएको कार्यक्रमका आयोजक तथा अमेरिकन कर्नर तथा पोखरा सार्वजनिक पुस्तकालयका आजीवन सदस्य रामचन्द्र कार्कीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button