Main News

म्याग्दीका ६७ किसान सम्मानित

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ६७ जना किसानलाई सम्मान गरेको छ ।

छैटौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत् कृषि प्रदर्शनी मेलामा खाद्य, तरकारी, फलफूल, दलहन–तेलहन,माछा–हाँस, अन्न र विविध गरी सातवटा समूहका ६७ जना किसानलाई सोमबार सम्मान गरिएको हो ।

प्रदर्शनीमा काउलीतर्फ पदमबहादुर कार्की, आलुमा मनबहादुर बुढाथोकी, अदुवामा गीरेन्द्र बानियाँ, मुलामा चन्द्रबहादुर कार्की, माछामा प्रेमबहादुर कुँवर, केरामा सोवित शर्मा, सिमीमा टेकबहादुर पुर्जा, धानमा धनप्रसाद सापकोटा र तरुलमा गंगा चोखाल प्रथम भएका थिए ।

प्रदर्शनीबाट छनोट गरिएकालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी ६७ जनालाई सम्मान गरिएको बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए । प्रदर्शनीमा जिल्लाका २०१ कृषकले सहभागिता जनाएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top