कास्कीका नर्ससमेत आन्दोलनमा

डीएनबी ।

कास्कीका नर्ससमेत आन्दोलनमा उत्रिएका छन । अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गरिनुपर्ने, निजी स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरुलाई सरकारी सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने लगायतका ११ बुँदे माग राख्दै कास्कीका नर्सहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।

केन्द्रीय निर्णय अनुसार आफूहरु पनि आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष क्षेत्रकुमारी रोकाले बताइन् । कास्कीमा रहेको नर्सहरु पनि केन्द्रको आन्दोलनलाई समर्थन गर्न हिजो सोमबारबाट विहान १० बजेदेखि दिउँसो एक बजेसम्म तीन घण्टा कामकाज नगरेको अध्यक्ष रोकाले बताइन् । इमर्जेन्सीबाहेक अन्य सवै विभागमा आन्दोलनरत नर्सहरुले तीन घण्टा काम नगर्दा सेवाग्राहीहरुलाई प्रभाव परेको विरामीका आफन्तले गुनासो गरेका छन् । कास्कीमा सरकारी करिब एक सय ५० सहित ६ सय जना नर्सहरु रहेका छन् ।

भोलेन्टियरको नाममा भएको नर्सको श्रम शोषण बन्द गरियोस, आन्दोलनरत नर्सहरुले देशका धेरै ठाउँमा सोमबारदेखि एक सिफ्टको ड्युटी छाडेका छन् । एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए । स्वास्थ्य मन्त्रालयले उनीहरुको मागको सुनुवाई नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीनदिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन् । यी तीन दिनभित्र पनि माग पूरा नभए माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने चेतावनी दिंदै आएका छन् । नेपाल नर्सिङ संघको अव्हानमा देशभरिका नर्सहरु आन्देलित भएका हुन् ।

अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थार्पना गरिनुपर्ने, जनतालाई गुणस्तरिय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ’नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागु गर्नुपर्ने, मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट निस्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, सरकारी नर्स सरह अन्य निजी स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरुको सेवा सुविधा उपलब्ध गराउनुपर्ने लगायत ११ वटा माग राख्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button