पोखरामा एट ए साइड भेट्रान फुटबलमा फ्रिडम क्लबको बिजयी सुरुवात

पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक डम्बर गुरुङ सम्मानित

पोखराको प्रतिष्ठित संस्था बगर भाइखलकद्धारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृति बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रिडम फाइटर काठमाण्डै बिजयी भएको छ । फ्रिडमले बुटबल सोसाइटीलाई १–० गोलको जित निकालेको हो । उक्त खेलमा फ्रिडमका बिजय गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरि, दोश्रो खेलमा बुटवल भेट्रानले हेम्जा भेट्रानसंग ३–१ गोल नतिजा निकालेको छ । बुटवलका सञ्जय श्रेष्ठले २ गोल गरे भने शेरबहादुर गुरुङले एक गोल गरे । हेम्जाको तर्फबाट एक मात्र गोल सन्तमान श्रेष्ठले गरे । खेलमा वुटबलका सञ्जय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
यसैगरि, सम्पन्न तेश्रो खेलमा आयोजक बगर भाखलकलाई एबीसी पोखराले स्तव्ध पारयो । बगर भाइखलक ५–२ ले पराजित भयो । एबिसीका लागि ह्याट्रिक गरेका सञ्जय गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

बेलायती सेनाका गोर्खा मेजर तथा तमु पेलु संघ युकेका अध्यक्ष खुसीमान गुरुङले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी एवम् फुटवल प्रशिक्षक डम्बर गुरुङलाई दोसल्लासहित ताम्रपत्रद्धारा सम्मान गरेको थियो । प्रमुख अतिथि गुरुङ, पोखरा महानगरपालिका वडा नं १ की अध्यक्ष शारदा पराजुली, संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ लगायतले सम्मान गरेका हुन् ।

‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्धेश्यका साथ सुरु भएको सातौ संस्करणको स्व.रन्जित गुरुङ स्मृती बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा स्व. रन्जित गुरुङका परिवारले मुख्य प्रायोजन गरेका छन् ।

त्यसै गरि पोखरा बगर निवासी इन्द्र गुरुङले आफ्नी आमा शिबकुमारी गुरुङको स्मृतिमा प्रथम पुरुस्कार रु १ लाख नगद प्रायोजन गरेका छन भने पोखरा फुलबारी निवासी अमितजोन गुरुङले आÇनी हजुरआमा केसुभा गुरुङको स्मृतिमा दोश्रो पुरुस्कार राशी रु ५० हजार प्रायोजन गरेका छन्।

संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ‘भेट्रानहरुलाई मैदानमा उतारेर यो प्रतियोगितामार्फत तिनवटा पुस्तालाई संगै हिडाउने प्रयासको थालनी’ भएको बताए । उनले भने–‘हाम्रो प्रतिवद्धता नै समाजमा खेलकुदका माध्यम द्वारा स्वस्थ्य समाजको निर्माण गर्नु हो।’ यस प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्यप्रति जागरुक वनाउनु रहेको अध्यक्ष गुरुङले बताए ।

४० वर्षदेखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने सचिव मानकाजी गुरुङले बताए ।

त्यस्तै सर्वाधिक गोलकर्ता ट्रफी सहित नगद ५ हजार फाइनल म्याचको म्यान अफ दि म्याच ट्रफी सहित नगद पांच हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवैभन्दा जेष्ठ खेलाडीलाई सम्मान एवम् हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिमसहित नेपालका विभिन्न जिल्ला र स्थानीय गरी २१ टिमको सहभागिता रहेको छ । प्रतियोगिता ६ गते समापन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button