पोखराको अर्मलामा पर्वतिय दौड र पुरुष भलिबल प्रतियोगिता हुने

पोखराको रमणिय गाँउ अर्मलामा माघ ८ गते पर्वतिय दौडको आयोजना गरिने भएको छ । सो बारे जानकारी दिंदै अर्मला निवासी तथा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङका अनुसार दौड पोखरा बाटुलेचौर विन्दयबाशिनी मावी बाट सुरु भई अर्मला कोटमा पुगि सम्पन्न हुने छ । उक्त दौड रुटको दुरी १० किलोमिटरको हुने उनले बताए ।

युवाहरुलाई समाज परिवर्तनका लागि खेलकुदको महत्व उजागर गर्दै अर्मलामा पराम्परागत श्रीपञ्चमी मेला तथा संस्कृतीको संरक्षण गर्न पर्वतिय दौड संगै खुल्ला पुरुष भलिबल, छेलो हान्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको कार्यक्रम आयोजक अर्मला युवा दुर्गा क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार र दोश्रोले २५ हजार साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन । यसै गरि पर्वतिय दौडमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले १० र तेश्रोले ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन । सान्त्वना हुने दुई जनालाई नगद १ हजार ५ सय प्रदान गरिनेछ । छेलो प्रतियोगितामा प्रथमले ३ र दोश्रोले १ हजार तथा १६ वर्ष भन्दा मुनीको प्रथमलाई नगद १ हजार र दोश्रो लाई ५ सय प्रदान गरिनेछ ।

प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अर्मलाकोट युके परिबार तथा याक यति याक नेप्लीज रेष्टुरेन्ट, वाथ युकेका शेर बहादुर गुरुङले मुख्य प्रयोजन गरेका छन । उक्त कार्यक्रमको सह प्रायोजन खेपना प्रतिष्ठान, अर्मला बिकास मंचले गरेका छन । माघ ८ गते नै अर्मला परिवार युकेको सहयोगमा अर्मला कोटमा करिव ५३ लाखको लागतमा नव निर्मित प्यारापिट सहितको बास्केटबल तथा भलिबल कोर्टलाइ समुदायमा हस्तान्तरण गरिने कार्यक्रम रहेको नेपाल बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुम गुरुङले बताए । उक्त कार्यक्रमका लागि अर्मला युके परिवारले क्लबलाई ५० थान टिशर्ट समेत पठाएको छ ।

पत्रकार सम्मेलनमा युके बाट अर्मला निवासी शेरा गुरुङले पठाएको नगद ७५ हजार र वुद्धी गुरुङ, सम्मर बहादुर गुरुङ, जिवन गुरुङ, तथा सुनिल गुरुङ बाट प्राप्त नगद ६९ हजार गरि नगद १ लाख ४४ हजार बास्केटबल तथा भलिबल कोर्टका निर्माण संयोजक डब्लु.ओ.वान जित बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । अर्मला प्रतिष्ठानका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिब डम्मर बहादुर गुरुङ (अन्तिम)ले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आह्वान गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button