मिस तामाङ पोखराको तयारी अन्तिम चरणमा

 

सोनाम ल्होसारको अवसरमा माघ ६ गते पोखरामा हुने मिस तामाङ पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ गर्दै आएको छ । यस पटक २८५४ औं सोनाम ल्होसार माघ ४ गते परेको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ ।

प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन । सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानी पोखरा, अनिता लामा लेकसाइड, इशिका तामाङ लेकसाइड, सुस्मिता तामाङ फुलबारी, लक्ष्मी तामाङ याम्दी, शसी तामाङ रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ, सोनी तामाङ लालिगुरास टोल, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ मालेपाटन रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

सहभागीहरुलाई दिनेश डिसी, जिपी तिमिल्सिना, रविन गुरुङ्ग, दिपक वाइवा, धन प्रसाद तामाङ , राजकुमार लामा, सुदिप पोखरेल, दिपेन्द्र श्रेष्ठ, रिजन रिजाल, लक्की क्षेत्री, आचार्य नुर्बु ग्यात्सो लामा र डा. विकासनन्द योगी लगायतले बिभिन्न बिषयमा तालिम प्रदान गरेका छन् । डेढ महिने लामो तालिमको कोरियोग्राफर मलिना हिराचन हुन । कार्यक्रमको अफिसियल फोटोग्राफर सन्जय शाक्य हुन भने नृत्य प्रशिक्षक राम लामा रहेका छन् ।

यसैविच मिस तामाङ पोखरा २०१८ को ट्यालेन्ट सो र प्रि जजिंग सम्पन्न भएको छ । शनिबार पोखराको बिजी बि क्याफेमा कार्यक्रको तयारी स्वरुप ट्यालेण्ट राउण्ड र प्रि जजिंग गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । संगीतकार तथा रचनाकार तिर्थ तामाङको प्रमुख निर्णायक रहेको निर्णायक मण्डलको टोली ट्यालेण्ट राउण्डमा रहेका थिए ।

पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सी लगायत राष्ट्रिय ख्याती प्राप्त कलाकारका प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य रहने छन् ।

कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्ने रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button