पोखराका सुरक्षा र पालुवा सहकारीबीच मर्ज

पोखरा न्युज  ।

पोखराका दुई  सहकारीहरु मर्ज भएका  छन ।

लेखनाथ महानगरपालिका ३३ मा प्रधान कार्यालय रहेको दुईवटा सहकारीहरु सुरक्षा बचत तथा ऋण सहकारी संस्था र पालुवा बहुउद्देश्यीय सहकारी संस्था मर्ज भई सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाको नामवाट बिहीवारदेखी कारोवार सुरु हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

मर्जरपछि, सहकारी संस्थाको १ हजार ९ सय १ शेयर सदस्य हुनेछन् । शेयर पुँजी ६ करोड ६२ लाख २५ हजार हुनेछ। बचत करिव ४१ करोड र लगानी करिव ४३ करोड गरी ५२ करोडको कुल कारोवार गरिने पत्रकार सम्मेलनमा बताइएको छ।

संस्थाले निकट भविष्यमा कारोवार रकम एक अर्ब पु¥याउने लक्ष्य रहेको सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button