पोखरामा एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल जारी

सिएमजी, बुटवल, कलकत्ता भेट्रान, फोर्टी फाउन्डेशन र जोरपाटी बिजयी

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको बिहिबारको खेलमा डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, बुटवल भेट्रान, कलकत्ता भेट्रान भारत, फोर्टी फाउन्डेशन काठमाडौ र जोरपाटी काठमाडौ बिजयी भएका छन ।

सम्पन्न पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको सिएमजी काठमाडौले फ्रिडम फाइटर नख्खिपोटलाई प्रतिष्पर्धात्मक खेलमा ३–२ गोल अन्तरले पराजित गरयो । सिएमजीका लागि खेलका म्यान अफ दि म्याच समेत बनेका अनिल राज भण्डारी, कृष्ण मालाकार र चेतनारायण श्रेष्ठले एक एक गोल गरे भने फ्रिडमका लागि बिजय गुरुङ र नरेन्द्रलामाले गोल गरे । खेलमा सिएमजीका खेलाडी बिजय महर्जन र कृष्ण मालकारले पहेंलो कार्डको सामना गरे भने पराजित टिमका नरेन्द्र लामालाई निर्णायकले पहेंलो कार्ड देखाए ।

यसै गरि दोश्रो खेलमा बुटवल भेट्रानले हेटौडा भेट्रानलाई २–१ गोल अन्तरले पाखा लगायो । खेलमा बुटवलका लागि भिमकाजी गुरुङ र शेर बहादुर गुरुङले गोल गरे भने हेटौडाका लागि एक मात्र सान्त्वना गोल खेलका म्यान अफ दि म्याच बल बहादुर गुरुङले फर्काए । त्यसै गरि तेश्रो खेलमा कतकत्ता भेट्रानले पोखराको टिम एबिसीलाई १–० ले पराजित ग¥यो । कलकत्ताका लागि समिर कुमार नन्दीले गोल गरे । उक्त बिजयी टिमका देब कुमार शर्मा म्यान अफ दी म्याच घोषित भए । उक्त खेलमा कलकत्ताका देवराज चटर्जी र विश्वजित दासले पहेंलो कार्ड पाए ।

बिहिबार अन्य दुइ खेलहरु भने टाइ ब्रेकरमा सकिएका छन । चौथो खेलमा फोर्टी फाउन्डेशन नेपाल काठमाडौले कंचनजंघा सिलिगुडी दार्जिलिङको टिमलाई ४–३ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुवै टिमका तर्फ बाट गोल हुन नसके पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । उक्त खेलमा फोर्टी फाउन्डेशनका गोल रक्षक राजेन्द्र गौतम म्यान अफ दि म्याच घोषित भए । खेलमा फोर्टी फाउन्डेशनका मोहन थापाले पहेलो कार्डको सामना गरे ।

सम्पन्न अन्तिम खेलमा राष्ट्रिय टिमका पूर्व टिम कप्तान समेत सम्मिलित टिम जोरपाटी काठमाडौले पोखराको स्थानिय क्लब इन्द्रेणी एकिकृत बिकास केन्द्र पोखरालाई टाइ ब्रेकरमा ४–३ गोल अन्तरले स्तव्ध पा¥यो । निर्धारित समयमा १–१ गोलमा खेल सकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । निर्धारित समयमा खेलका म्यान अफ दि म्याच समेत रहेका राकेश श्रेष्ठले एक गोल र इन्द्रेणीका लागि पूर्ण बहादुर गुरुङले गोल गरेका थिए ।

बिहिबार खेलको शुभारम्भ प्रतिनिधी सभा सदस्य प्रेम प्रसाद तुलाचन र प्रदेश सांसद इन्द्र धारा विष्टले गरेका थिए । ४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए । प्रतियोगितालाई स्व.रन्जित गुरुङको परिबारले मुख्य प्रायोजन र बगर भाइ खलक युकेले सह प्रायोजन गरेको छ । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको छ भने प्रतियोगिता ६ गते समापन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button