पोखरामा शनिबारदेखि प्रादेशिक युवा अभिमुखिकरण हुने

पोखरामा शनिबारदेखि दुईदिने प्रादेशिक अभिमुखिरण कार्यक्रम गर्ने भएको छ। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषदले शनिबार र आईतबार दुईदिनसम्म पोखरामा प्रादेशिक अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

परिषदद्धारा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले पोखरामा आयोजना गरिने उक्त अभिमुखिकरण कार्यक्रममा प्रदेश नं. ४ र ५ अन्तरगतका जिल्ला युवा समितिका अध्यक्ष एवम् प्रमुखहरुको सहभागिता रहने जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रममा चालु आर्थिक वर्षका श्वीकृत कार्यक्रमहरुको कार्यान्वयन प्रक्रिया, जिल्ला युवा समिति र सरोकारवालाहरुको भूमिकाबारे समेत छलफल गरिनेछ।

चालु आर्थिक वर्षमा परिषदले युवा उद्यम कार्यक्रम, युवा अनुभव आदान–प्रदान कार्यक्रम, अपाङ्ग युवाका लागि सहयोग सामाग्री वितरण, उद्यमशीलता र वित्तिय साक्षरता अभिवृद्धि, युवासंवाद स्थापना र अभ्यास, संघसंस्थाहरुको सहकार्यमा युवालक्षित कार्यक्रम, राष्ट्रपति महिला युवा उद्यम कार्यक्रम, युवा प्रतिभा र उद्यमीको खोजीका बिषयमा समेत कार्यक्रम गर्दै आएको छ।

युवाहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम, गाउँगाउँमा युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण कार्यक्रम, युवाहरुबीच प्रतिस्पर्धात्मक उद्यम प्रस्ताव माग छनौट तथा उद्यम सञ्चलानार्थ सहयोग, युवा परामर्श सेवा, उपराष्ट्रपति युवा पुनस्र्थापना लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ।

यसअघि, प्रदेश नं. १ र २ मा कार्यक्रम सम्पन्न गरिसकेको परिषदले आगामी माघ ९ र १० गते प्रदेश नं. ३ को जाउलाखेल र प्रदेश नं. ६ र ७ को माघ १७ र १८ गते धनगढीमा यस्तै प्रकृतिको अभिमुखिकरण कार्यक्रम गर्ने जनाएको छ।

शुक्रबार परिषदले पोखरामा युवाका मुद्धा, युवा लक्षित कार्यक्रम तथा युवा नीति र प्राथामिकता बारे पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button