पोखराको बगर भाइखलकलाई एट ए साइड भेट्रान फुटबलको उपाधी

पोखरा न्युज ।

पोखरामा सम्पन्न सातौ  स्व.रन्जित गुरुङ स्मृति बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधी आयोजक बगर भाइखलकले नै जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक बगर भाइखलक ए टिमले डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधी जितेको हो । उपाधीसंगै आयोजक टिमले नगद १ लाख प्राप्त गरेको छ भने सिएमजीले नगद ५० हजारमा चित्त बुझायो।
सम्पन्न फाइनल खेलमा बगर भाइ खलकका लागि धन गुरुङ (सन्तोषले) मध्यान्तर लगत्तै गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त रह्यो । यता पूर्व राष्ट्रिय खेलाडी बालगोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीको गोल गर्ने धेरै प्रयासहरुलाई बगर भाइखलकका कीपर लक्षुमण गुरुङले बिफल पारे। खेलमा बगर भाइखलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ लि म्याच बने।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइखलकका जय थापा भए भने वेष्ट गोलकीपरको उपाधी सोही क्लबका लक्षुमण गुरुङले पाए। प्रतियोगितामा सिएमजीका बालगोपाल महर्जन वेष्ट मिड फिल्डर र सिएमजीकै राजन नेपाली वेष्ट डिफेन्डर बने। प्रतियोगितामा वेष्ट स्ट्राइकरको उपाधी बगर भाइखलकका धन गुरुङ (सन्तोष) ले प्राप्त गरे। सन्तोषले नै सर्वाधिक गोलकर्ताको उपाधी समेत पाए। उनले प्रतियोगितामा सर्वाधिक चार गोल गरेका थिए। प्रतियोगितामा फेयर प्ले टिमको उपाधी भने नख्खीपोट ललितपुरले पायो। उनीहरुले नगद ५ हजारसहित आकर्षक अवार्ड समेत प्राप्त गरे।

बिजयी टिम तथा खेलाडीलाई कास्की प्रदेश सभासद बिन्दु कुमार थापा, मुख्य प्रायोजक स्व रन्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ र मन्जु गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ, सहारा युके सिइओ धनु थकाली, बगर भाइ खलक युकेका प्रतिनिधी शेरा गुरुङ, समाजसेवी राजमान थकाली, प्रथम पुरुस्कार प्रायोजक इन्द्र गुरुङ, दोश्रो पुरुस्कार प्रायोजक अमित जोन गुरुङ लगाएतले रनिङ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई प्रतियोगितामा तिन वर्ष देखि सहभागीता जनाएकको भन्दै सम्मान गरिएको थियो । समापन कार्यक्रममा हालै एन्फा कास्कीमा निर्वाचित बगर भाइ खलक सदस्य एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष इस्वर गुरुङ (चन्द्र), सदस्य हिटलर घले र राधा गुरुङलाई सम्मान गरिएको थियो ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेका प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्य प्रति जागरुक गराउने रहेको थियो । माघ २ गते देखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितालाई स्व रन्जित गुरुङका परिवारले मुख्य प्रायोजन गरेको थियो भने सह प्रायोजन बगर भाइखलक युकेले गरेको थियो । प्रतियोगितालाई बगर भाइखलक हङ्गकङ्ग, जापान, सिङ्गापुर लगाएतका मुलुक बाट समेत सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button