जापानमा हुने यु-१२ फुटवलमा पोखराबाट तेस्रो चरणमा २७ जना छनोट

डीएनबी, पोखरा न्युज ।

जापानमा हुने १२ बर्ष मुनीका खेलाडीहरु सहभागी यु–१२ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको तेश्रो चरणबाट २७ जना छनोट भएका छन्।

छनोट भएका खेलाडीहरुमा आदेश श्रेष्ठ, सिमोन गौचन, लव्सन पुन, शुसान छन्त्याल, मोहित श्रेष्ठ, समर थापा, निग्मा लामा, प्रस किरात, नर्वु लामा, विशन कार्की, अनिल शर्मा, अजित गुरुङ, नविन थापा, श्रवेस थापा, समर गौतम, उत्सर्ग शर्मा, रितेस गुरुङ, अनिल सुचिकार, आशिष कुँवर, मनिष क्षेत्री, आयुष गुरुङ, मनोज वि.क., आशकुमार गुरुङ, अनिल गुरुङ, लक्की गुरुङ, अनुपम श्रेष्ठ र सुभाष गुरुङ छन्। पोखरा क्षेत्रका दोश्रो चरणबाट ६५ जना वालकहरुमध्ये तेश्रो चरणमा २७ जना छनोट भएको प्रशिक्षक राजेन्द्र तामाङले बताए।

पोखरा रङ्गशालामा केही महिनादेखि प्रशिक्षण शुरु भएको छ भने आहा रारा गोल्डकपको अवसरमा जापानबाट छनोट टोली आई उनीहरुबाट जापान जाने टिम १२ जना खेलाडीहरु छनोट हुने भएको तामाङले बताए। छनोट भएका खेलाडीलाई आगामी चैतमा जापानमा हुने कोपा पुमा टोरेरोस फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको प्रशिक्षक तामाङले जनाए। छनोट भएका १२ जना खेलाडीहरुले एक साता जापानमा हुने प्रतियोगितामा निःशुल्क जाने, आउने तथा खान बस्नको व्यबस्था हुने तामाङले बताए। फन रुट्स एकेडेमी जापानको आयोजनामा हुने प्रतियोगितामा नेपालसंगै, जापान, कोरिया, स्पेन, जर्मन, ताइवान, सिंगापुर, ब्राजिल लगायतको टोलीले सहभागिता जनाउनेछन्।

उमेर समूहमा हुने उक्त प्रतियाोगिताले नेपाली फुटबलको विकासमा सहयोग पु¥याउने प्रशिक्षक तामाङले बताए। पूर्व राष्ट्रिय खेलाडी समेत रहेका वसन्त गौचनसहितको टोलीले अन्तिम छनोट गर्ने भएको हो।

एन्फा कास्कीको सहकार्यमा हुने उक्त कार्यक्रम अन्तरगत हाल दैनिक जसो एसियन फुटवल कन फेडेरसनबाट ए लाइसेन्सप्राप्त राजेन्द्र तामाङ, शम्भु केसी र दिपेन्द्र तामाङले प्रशिक्षण गराउँदै आएका हुन्। अन्तिम छनोटको लागि नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन जापानबाट आइपुग्नेछन्। गौचन फन रुट्स एकेडेमी जापानका प्रशिक्षक हुन्।

गत बर्ष उक्त प्रोजेक्टमार्फत १३ जना पोखरेली खेलाडीको साथमा तामाङ जापान गएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button