तनहुँ, आँबुखैरेनीको निःशुल्क शिविरमा ३ सय ५ जनाको स्वास्थ्य परीक्षण

पोखरा न्युज ।

तनहुँको आँबुखैरेनीमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको निःशुल्क रक्त परीक्षण गरिएको छ।

आँबुखैरेनी समाज सेवा संस्था र छिम्केश्वरी जनरल हस्पिटल, आँबुखैरेनीको संयुक्त आयोजनामा शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो निःशुल्क परीक्षण गरिएको हो । शिविरमा प्राविधिक सहयोग पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले गरेको थियो । संस्थाका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले आवश्यक स्वास्थ्य उपचार पाउनु जनताको नैसर्गिक अधिकार भएको उल्लेख गरे । जनअधिकारको सम्मान गर्दै र सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले प्रदेश नं. ४ का विभिन्न स्थानमा विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविरहरु गर्दै आएको स्मरण गरे । उनले भने, ‘यस क्षेत्रको अग्रणी र लोकप्रिय ल्याब भएकाले हामी सोही प्रकारको दायित्व निर्वाह र जनअपेक्षाप्रति जिम्मेवार र सचेत छौं ।’

कार्यक्रममा सहभागीलाई डा. अमृत केसीले स्वास्थ्यबारे सचेतना प्रदान गरे । उनले मधुमेह लाग्नुका कारण, यसका उपचार विधि, जोगिने तरिका आदिबारे प्रकाश पारे । डा. केसीले मधुमेह अहिलेका धेरै रोगको मूल भएकाले यसलाई न्यूनीकरण गर्नसके अन्य रोग लाग्ने सम्भावनासमेत कम हुने उल्लेख गरे ।

आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसीले यस प्रकारका कार्यक्रमले सर्वसाधारण जागरुक र सचेत बनी स्वस्थ्य जीवनयापनमा सहयोग पुग्ने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button