४३० भन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् ।

उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताए ।

कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् । तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ । निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button