पोखरामा माघको २९ गतेदेखि नदिपुर भलिबल प्रतियोगिता हुने

पोखरामा पाँचौ नदिपुर भलिबल प्रतियोगिता २०७४ हुने भएको छ।

पोखराको नदिपुरस्थित सामाजिक कार्यमा कृयाशिल संस्था पुन युनाइटेड क्लबले माघ २९ बाट फागुन ५ गते सम्म नदिपुर स्थित कर्पाकेली पुन समाजको खेल मैदानमा प्रतियोगिता हुने भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ। क्लबका अध्यक्ष भिम राम्जालीले स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव भन्ने मुल उद्धेश्यका साथ बिगतमा जस्तै यस पटकपनि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिताबारे जानकारी दिंदै क्लबका सचिब ईस्वर गर्बुजा पुनले प्रतियोगितामा प्रथम हुने पुरुष टिमले नगद ७० हजार र दोश्रो हुने ५० हजारका साथमा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए। त्यसैगरि, महिलातर्फ प्रथम हुने टिमले नगद ३० हजार र दोश्रो हुनेले २० हजारका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए। प्रतियोगितामा प्रौढहरुको टिमपनि सहभागिता जनाउने सचिब पुनले जानकारी दिए।

प्रतियोगितामा साँतौ राष्ट्रिय खेलमा सहभागी खेलाडी वा टिमले सहभागिता जनाउन नपाउने सचिव पुनले जानकारी गराउँदै विभागीय टिमहरुबाट बी डिभिजनका खेलाडी सहभागी हुने पाउने बताए। प्रतियोगितामा पुरुषतर्फ १४, महिलातर्फ १४ र प्रौढतर्फ ५ टिमले सहभागिता जनाउने उनले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ९५ हजार लाग्ने प्रतियोगिताका संयोजक टिकाराम पुर्जाले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button