पोखरामा १६ औं आहा ! रारा गोल्ड कपको तयारी पूरा

पोखरा रंगशालामा यही माघ ९ देखि २० गतेसम्म हुन गईरहेको १६ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको छ।

सहारा क्लव पोखराको आयोजना तथा हिमश्री फुड्स प्रा .लि .द्धारा उत्पादित रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।

आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगितामा दुई विदेशी सहित १२ टीमको सहभागिता रहने भएको छ। दुई विदेशी टीममा युनाईटेड सिक्किम फुटवल क्लव भारत र उत्तर वरिन्धरा क्लव वंगलादेश छन् । त्यस्तै, अन्य टिमहरुमा मनाङ मस्र्याङ्दी, नेपाल एपीएफ, संकटा क्लव, झापा–११, बीभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल प्रहरी, धरान पूmटवल क्लव, सुदूरपश्चिम–११, थ्री–स्टार र आयोजक सहारा क्लव छन ।

प्रथम हुने टीमले रु .सात लाख एक हजार र द्धितीय हुने टिमले रु . तीन लाख ५१ हजार शील्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

‘खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने सो प्रतियोगिताका प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र टिकट काटेर प्रतियोगिता अवलोकन गर्ने मध्ये गोलाप्रथावाट छनोट हुने एकजना दर्शकले एक÷एक थान स्कूटर पाउनेछन्।

कार्यक्रममा हिमश्री फुड्स प्रा .लि .का कार्यकारी निर्देशक सूर्य वहादुर के .सी, क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष हरेराम गुरुङ लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button