१२ औं दक्षिण एशियाली पदक बिजेतालाई पोखरा भ्रमण

पोखरा न्युज, ०८ माघ –

१२ औं दक्षिण एशियाली खेलकुदका पदक विजेतालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले पोखरा भ्रमण गराएको छ ।

समितीका अध्यक्ष खगराज पौडेलले भारत र सिंलोगमा सम्पन्न १२ औं एशियाली पदक बिजेतालाई पोखरा भ्रमण गराउने घोषणा गरे अनुसार नै आफुले उनीहरुलाई पोखरा भ्रमण गराएको बताए । उनले यस पटक फुटबलका नवयुग श्रेष्ठ, विराज महर्जन सहित ८ जनालाई पोखरा भ्रमण गराएको बताए । सन २०१६ मा एशियाली खेलको लगतै उशु, जुडो र भलिबलका पदक बिजेता करिब ३५ जनालाई पोखरा भ्रमण गराएको उनले जानकारी दिए ।

‘सबै खेलाडीको समय एकै पटक सम्भव नमिल्दो रहेछ खेलाडीको समय अनुसार नै हामीले उनीहरुलाई पोखरा भ्रमणको निम्तो दिएका छौं’ अध्यक्ष पौडेलले भने ‘हामीले उनीहरुलाई तिन दिन सम्म बसोवासको व्यवस्था सहित पोखरा लगाएत आसपासको क्षेत्रमा भ्रमण गराउनुका साथै प्याराग्लाइडिङ समेत गराएका छौं ।’

उनले जुडोकी स्वर्ण पदक विजेता र उशुकी निमा घर्ती मगरले पनि पोखरा भ्रमण गरिसकेको जानकारी दिए । १२ औं दक्षिण एशियाली खेलकुद सन २०१६ मा भारतको सिंलोग र गुवाहाटीमा सम्पन्न भएको थियो । १३ औं दक्षिण एशियाली खेलकुद अव मार्च २०१९ मा नेपालमा आयोजना हुने र त्यस्का लागि पूर्वाधार तयारी समेत जोडतोडका साथ भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button