करोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सकियो

पोखरा न्युज, ०८ माघ –

करोडौंको कारोबार गर्दै छैटौँ म्याग्दी महोत्सव आइतबार सकिएको छ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघले पुस २८ देखि माघ ७ गतेसम्म आयोजना गरेको माघेसक्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा करिब एक लाख ८५ हजार दर्शकले अवलोकन गरेको वाणिज्य संघले जनाएको छ ।

अपेक्षा गरेभन्दा करिब २५ हजार बढी दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको मेला मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातित वस्तु राखिएका स्टलसमेत अधिकांश रित्तै भएको बताउँदै व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । महोत्वसमा जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुने वस्तुको छुट्टै स्टल राखिएको थियो ।

महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडीबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button