जिल्ला प्रहरी कार्यालय कास्कीमा १ सय ९ थुनुवा तथा कर्मचारीहरुको निशुल्क स्वास्थ्य परीक्षण

पोखरा न्युज, ८ माघ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ सय ९ जना थुनुवाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

कार्यालयको प्राङ्गणमा सोमबार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतमा रहेका थुनुवाहरु र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक डा. नबिन कुमार चौधरीको नेतृत्वमा ६ जना चिकित्सकको टोलिले उनीहरुको स्बास्थ परिक्षण गरी निशुल्क औषधी वितरण गरेको थियो । कार्यक्रममा १ सय २ जना पुरुष, ४ जना महिला, ३ जना तेस्रो लिङगी तथा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वास्थ्य लाभ लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक अशोक सिंहको विशेष पहलमा आयोजित कार्यक्रममा थुनुवा तथा प्रहरी कर्मचारीहरु स्वास्थ्य रहनको लागी अपनाउनुपर्ने उपाय र प्रेसर, सुगर लगायत रोगीहरुलाई खानपानको बारेमा जानकारी गराईएको थियो ।

प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिहं बमको निर्देशनमा कार्यक्रम संचालन भएको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button