पोखरामा आजदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता

पोखरा न्युज, ०९ माघ –

पोखरा रंगशालामा आजदेखि १६ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ।

सहारा क्लव पोखराको आयोजना तथा हिमश्री फुड्स प्रा.लिद्धारा उत्पादित रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा २० गतेसम्म हुन गइरहेको १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन्।

प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र सुदुरपश्चिमाञ्चलको फुटबल टिमबीच हुनेछ। पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जि.सी.ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगितामा दुई विदेशी सहित १२ टीमको सहभागिता रहने छ। दुई विदेशी टिममा युनाइटेड सिक्किम फुटवल क्लव भारत र उत्तर वरिन्धरा क्लव वंगलादेश छन्।

नेपाली टिमहरुमा तीन बिभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ लगायत मनाङ मस्र्याङ्दी, संकटा क्लव, झापा–११, धरान पूmटवल क्लव, सुदूरपश्चिम–११, थ्री–स्टार र आयोजक सहारा क्लव रहेका छन्।प्रतियोगिताको विजेताले रु.७ लाख १ हजार र उपबिजेताले रु.३ लाख ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र टिकट काटेर प्रतियोगिता अवलोकन गर्नेमध्ये गोलाप्रथाबाट छनोट हुने एकजना दर्शकले एक-एक थान स्कूटर पाउनेछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button