पोखरामा निशानको टेरानो सार्वजनिक

पोखरा न्युज, १० माघ –

व्यवसायिकदेखि सामाजिक क्षेत्रमा सिभिको ग्रुपको बढ्दो सक्रियता

 

पोखरामा व्यवसायिकदेखि सामाजिक क्षेत्रमा सक्रिय सिभिको ग्रुप अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लागि निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रा.लि.पोखराले विश्वका दुईसय ८० अवार्ड जित्न सफल पहिलो गाडी कम्प्याक्ट एसयुभी न्यू टेरानो मंगलबार पोखरामा सार्वजनिक गरेको छ । नेपालका लागि यसको आधिकारिक बिक्रेता भने पायोनियर मोटोकर्प रहेको छ ।

सिभिको ग्रुपका अध्यक्ष सुन्दर विजय कोइराला र निर्देशक लक्ष्मण पोखरेलले पोखरामा न्यू टेरानो गाडी एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा सिभिको ग्रुपका प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले सबैभन्दा सुरक्षित, प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयुभी न्यू टेरानो युवापुस्तालाई लक्षित गरिएकोले ग्राहकवर्गलाई स्मार्ट र वोल्डको अनुभूति गराउने विश्वास व्यक्त गर्नुभयो । निशानको टेरानो प्रतिस्पर्धी मूल्य ४३ लाखदेखि ५४ लाख रुपैयाँसम्ममा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रिमियम मोटर्स प्रा.लि.का प्रशासकीय प्रमुख दिनेश आचार्यले निशानको बारेमा जानकारी गराउँदै नेपाल लगायत सार्क देशलाई लक्षित गरी ल्याईएको न्यू निशान टेरानोले यस क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्ने दावी गर्नुभयो । कार्यक्रममा सिभिको ग्रुपका निर्देशकद्वय सिन्जन कोइराला र सान्व्तना अधिकारीले सिभिको ग्रुपले व्यवसायिकदेखि सामाजिक क्षेत्रमा आफ्नो सक्रियता तिब्र रुपमा बढाउँदै लगेको बताउनुभयो ।

न्यू टेरानोमा प्रिमियम डुअल टोन इन्टेरियर, लेदर सिट, कुज कन्ट्रोल, ७.० ईञ्च टच स्क्रीन नेभिगसन, न्यू स्टिरिङ्ग, माउण्टेन÷अडियो÷फोन कन्ट्रोल र वान टच लेन इन्डिकेटर लगायतका २२ नयाँ आकर्षक विशेषताहरु रहेका छन् । एकदमै शक्तिशाली इञ्जिन ११० पि एस (डिजेल टि एच पि) र १.६ लि. (१०४ पि एस) पेट्रोलको लागि रहेको छ । सुरक्षाका लागि डुअल फ्रन्ट एयरव्याग, हिल एस्र्टाट एसिस्ट एविएस, ईविडि, विए र इएस पिको साथमा रहेको छ । न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध रहेको छ । जसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।

शानदार बनोटका साथै यस गाडीका आन्तरिक सजावट असाध्यै आकर्षक रहेका छन् । आजकलका युवा पुस्तालाई लक्षित गरिएको टेरानोले ग्राहकवर्गलार्य स्मार्ट र वोल्डको अनुभूति गराउनेछ । न्यू टेरानोको मूल्य रु.४२,९९,००० देखि ५३,९९,००० सम्म उपलब्ध छन् । १ हजार ५ सय सिसीको डिजेल इन्जिनयुक्त टेरानो भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक गरिएको छ । छिट्टै नै १ हजार ६ सय सिसीको पेट्रोल इन्जिनयुक्त टेरानो पनि नेपाली बजारमा उपलब्ध हुँदैछ ।

निशान टेरानो एकदमै उत्कृष्ट इञ्जिनियरिङ, आकर्षक र बलियो डिजाईनमा निर्माण गरिएको छ । यसमा उपलब्ध सुविधा र यसको वनावटले जुनसुकै किसिमको सडकमा पनि आरामदायी यात्रा गर्न सकिन्छ । यो गाडीमा २०५ मि.मि. को उच्च ग्राउण्ड क्लिरेस, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मि.को त्गचलष्लन च्बमष्गक र १९.६४ कि.मि. प्रतिलिटर सम्मको ईन्धन खपतले गर्दा नयाँ निसान टेरानोमा सुनमा सुगन्ध थपिदिएको छ ।

निशानको ग्लोबल प्रधान कार्यालय जापानको योकोहोमा रहेको छ । यहाँबाट ६ क्षेत्र एशियन र आशिनिया, अफ्रिका, मध्य पूर्व र भारत, चीन, यूरोप, ल्याटिन अमेरिका र उत्तर कोरियाको सञ्चालन र व्यवस्थापन गर्दछ । निशानको विश्वव्यापी रुपमा २,४७,५०० स्टाफ रहेका छन् । मार्च १९९९ देखि फ्रान्सेली रेनल्टसँगको साझेदारीमा रेनल्ट निशान एन्यान्समा आवद्ध रहेको छ ।

डिजेल भर्सनको कारले १९.८७ किलोमिटर प्रतिलिटर र पेट्रोल भर्सनले १३.०४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । ६ स्पिड गियरमा कार दौडाउँदा १९.६१ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । ५ सिटे यस कारमा २ वटा एयर ब्याग जडान गरिएको छ । बुट स्पेस ४ सय ७५ लिटरको भएकाले लामो यात्रामा परिवारसँग निस्कँदा पर्याप्त लगेज राख्न मिल्छ । कारमा क्रुज कन्ट्रोल सुविधा पनि उपलब्ध छ ।

कार ब्राउन, खैरो, कालो, सिल्भर, रातो र सेतो रङमा उपलब्ध छ । छतमा रुफ टेल्स दिइएको छ, जसले लुक्स प्रिमियम, आकर्षक र झट्ट हेर्दा हेभी बनाउन मद्दत गरेको छ । निसान सिग्नेचरमा फ्रन्ट ग्रिल तयार गरिएको छ, जसले तेस्रो देशको प्रिमियम कारको झल्को दिन्छ । यसमा प्रयोग गरिएको ‘फोर पोड हेडल्याम्पस’ले अन्य भन्दा चार गुणा बढी प्रकाश वरिपरि र टाढासम्म फाल्छ । साइड ग्लासमा समेत टर्निङ लाइट राखिएको छ । अगाडि र पछाडिको टर्निङ लाइट एलइडी प्रविधिको हो । १६ इन्चको रिममा सुपेरियर र बलियो अलोय ह्विल जडान गरिएको छ । बम्परको एप्रोच एंगल र पछाडिको डिपार्चर एंगल उच्च छ । सोहीकारण कारको तल्लो भाग कुनै पनि संरचनामा ठोकिन पाउँदैन र उत्कृष्ट सस्पेन्सनको अनुभव दिलाउँछ । ड्यास बोर्डमा रहेको स्विचबाटै दायाँ र बायाँ रहेका ऐनालाई फोल्ड गर्न मिल्छ ।

कारमा ७ इन्चको नेभिगेसन टच स्क्रिन राखिएको छ । जसमा युएसबी कनेक्सनमार्फत मोबाइलका सबै एप्लिकेसन चलाउन सकिन्छ । म्युजिक सिस्टमलाई स्टेरिङमा रहेको बटनबाटै चलाउन सकिन्छ । ड्यासबोर्ड इन्टेलिजन्स र क्याची छ । स्टेरिङमै राखिएको बटनबाट भ्वाइस कन्ट्रोल सुविधा उपयोग गर्न सकिन्छ । यसका लागि मोबाइललाई ड्यासबोर्डमा रहेको मल्टिमिडिया फन्सनसँग ब्लुटुथबाट कनेक्सन गर्नुपर्छ । त्यसपछि स्टेरिङमा रहेका बटन थिचेपछि सिस्टमले के गर्न खोजेको हो भनेर सोध्छ । चालकले जसलाई फोन गर्नुपर्ने हो, उसको नाम भनेपछि सिस्टमले आफैँ फोन डायल गरिदिन्छ र चालकले सजिलै कुराकानी गर्न सक्छन् । कारको अगाडिको सिट एड्जस्ट गर्न मिल्छ । ५ वटै सिट लेदरका छन् । पछाडिको सिटमा कप होल्डर राखिएको छ ।

कारमा एन्टि ब्रेकिङ सिस्टम (एबिएस) उपलब्ध छ । टेरानोमा थप सुरक्षित यात्राका लागि कम्पनीले इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम (इबिडी) सुविधा पनि दिएको छ । जसले ब्रेकको चापलाई सबै पांग्रामा समान हिसाबले वितरण गरी ब्रेकिङ प्रणालीलाई प्रभावकारी बनाउँछ । ड्राइभिङका लागि उकालो र ओरालो कठिन मानिन्छ । तर, टेरानोमा उकालो–ओरालो यात्रालाई सहज बनाउन ‘हिल स्टार्ट एसिस्ट’ सुविधा छ । जसले उकालो र ओरालोमा कारलाई समान गतिमा दौडाउन मद्दत गर्छ ।

उत्पादक कम्पनी निसान मोटरले १ वर्ष अथवा २०,००० कि.मि.को वारेन्टी उपलब्ध गराए पनि नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले २ वर्ष अथवा ५०,००० किमीको वारेन्टी उपलब्ध गराएको छ । प्रिमियम मोटर्स प्रा.लि.ले स्थायी शोरुम उत्तमचोकमा निर्माणाधिन अवस्थामा रहेको र हाल पोखराको न्यूरोडबाट कार्यालय सञ्चालन भईरहेको छ । यस कम्पनीले ठुलो लगानीमा पोखराको औद्योगिक क्षेत्रमा अत्याधुनिक सेवा सुविधा सम्पन्न सर्भिस सेन्टर विस्तार गर्दैछ ।

निशान एक ग्लोबल पूर्ण लाईन गाडी निर्माता हो । जसले निशान इन्फिनिटी र डाट्सन ब्राण्डका ६० भन्दा बढी मोडल बिक्री गर्ने गर्दछ । बित्तिय वर्ष २०१५ मा कम्पनीले विश्व भरीमा ५.४ मिलियन भन्दा बढी गाडीहरु बिक्री गरी १२.१९ ट्रिलियन येन राजश्व उत्पादन गरायो । निशान इञ्जिनियरर्सले संसारको सबैभन्दा बढी बिक्री हुने निशान भित्रका सबै इलेक्ट्रोनिक गाडी निर्माण तथा बिक्री गर्दछ । नेपालमा आएको टेरानो आधुनिक प्रविधि युरो ४ मापदण्ड हो, जुन नयाँ संरचनामा निर्माण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button