पोखराको जानकी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

पोखरा न्युज – १३ माघ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ स्थित जानकी आधारभुत विद्यालयलाई ५० हजार मुल्य बराबरका खेलकूद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ महानगरपालिकाको १७ नं वडास्तरीय बजेटद्वारा उपलब्ध गराइएको सामाग्रीहरुमा फुटवल, बास्केटबल, व्याडमेन्टन एवम् कपी, कलम रहेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका १७ वडा सदस्य बैकुण्ठ भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारी र प्रधानाध्यापक रघुनाथ भण्डारीलाई एक समारोहकाबीच शुक्रबार खेलकुद तथा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सो विद्यालयमा हाल ९७ छात्रा तथा ८४ छात्र सहित कूल एक सय ८१ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षक तुलसी गिरीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button