कृषि

खडेरीले पर्वत जिल्लाको उत्पादन पचास प्रतिशत घट्ने

  • 23
    Shares

पोखरा न्युज , १६ माघ  ।

झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वत जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ ।

गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

सिँचाइको अभावले कमै मात्रामा गहुँ र तोरीको खेती हुने गरेको छ । वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । सिँचाइको सुविधा भएका ठाउँमा पनि गत वर्षको जस्तो उत्पादन हुन सकेको छैन । जिल्लाको नौ हजार ७० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । हिउँदमा छ हजार ४२० हेक्टरमा मात्र सिँचाइ गर्न सकिन्छ ।

जिल्लामा दुई हजार ६१५ हेक्टरमा गहुँ र करिब एक हजार हेक्टरमा तोरी उत्पादन हुँदै आएको छ भने त्यति नै संख्यामा जौ र एक हजार ५४० हेक्टरमा आलु उत्पादन हुन्छ । जिल्लाको पाङ, फलेवास, कटुवाचौपारी, बर्राचौर, कुर्घालगायत फाँटमा गहुँ र तोरीको बढी खेती गरिँदै आएको छ । उच्च पहाडी र समथर भूभागमा पनि धान काटेलगत्तै आलुलगायत हिउँदे बाली लगाइन्छ ।

वर्षा नहुँदा तरकारीबालीमा विभिन्न किसिमको रोग कीराको प्रकोप बढ्छ । हिउँदे बाली थन्क्याएर बर्खे बालीका रुपमा मकै र कोदो लगाउने बेलासम्म पनि पानी नपर्दा बाँझो जोत्न नपाएको ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top