थ्रि–स्टार आहा ! रारा गोल्डकपको फाईनलमा प्रवेश

डीएनबी, पोखरा न्युज – १७ माघ । 

पाहुना टोली बंगलादेशको उत्तर बरिन्धरा क्लवलाई पराजित गर्दै थ्रि–स्टार क्लव पोखरामा जारी १६ औं आहा !रारा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि–स्टार क्लवले बंगलादेशको बरिन्धरालाई ५–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो।

थ्रि–स्टारको जितमा म्यान अफ दी म्याच विश्वाश श्रेष्ठले ह्याट्रिक गरे। उनले १६ औं आहा ! रारामा पहिलो ह्याट्रिक पुरा गरेका छन्। थ्रि–स्टारको जितमा खेलको ४१ औं मिनेटमा बिष्णु गुरुङले गोल गरे। गुरुङले बुद्ध चेम्जोङको पासमा गोल गरेका हुन्। ४१ मिनेटसम्म गोलरहित बराबरीमा खेल जारी रहदाँ थ्रि–स्टारका गुरुङले गरेको गोलले खेलमा टर्निङ प्वाईन्ट लिदाँ पहिलो हाफको अन्तिम ६ मिनेटमा थ्रि–स्टारले ३ गोल बर्षायो। खेलको ४५ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा निराजन खड्काले एक गोल गरी जित सुनिश्चित पारे। पहिलो हाफमा थपिएको दुई मिनेटको ईञ्जूरी समयको एक मिनेटमै विश्वास श्रेष्ठले निराजन खड्काको पासमा गोल गरे। दुईजना भरपर्दा खेलाडीविना मैदानमा उत्रिएको आहा ∕ रारामा पहिलो पटक सहभागी भएको बंगलादेशको उत्तर बरिन्धराले पहिलो सेमिफाइनल खेलमा दुई जना भरपर्दा खेलाडीले रातो कार्ड पाएपछि थ्रि–स्टारबिरुद्ध गोल गर्न फलामको चिउरा चपाए कठिन भयो। विश्वासले खेलको ६६ औं मिनेटमा र ७५ औं मिनेटमा गरी ह्याट्रिक पूरा गरेका हुन्।

वरिन्धरा क्लबले गोल गर्ने खासै अवसर नै पाएन। क्लबका बरिष्ठ उपाध्यक्ष मुसिवर रहवानले प्रतिकूल मौसमको कारण आफूहरु परािजत हुनुपरेको प्रतिक्रिया दिए।े ‘हाम्रा खेलाडीहरुलाई यहाँको वातावरण सुहाउँदो मौसम नहुँदा हामीले हार्नुप¥यो,’ उनले भने, हाम्रा खेलाडी केही कमजोर रहेको हुँदापनि हामी पराजित हुनुपरयो।’

थ्रिस्टार क्लबका प्रशिक्षक मेघराज केसीले खेलाडीको खेल राम्रो भएपनि विपक्षी टिमको आलोचना गरे। उनले भने, ‘थ्रिस्टार यस्तो टिमसंग कहिलेपनि सेमिफाईनलमा खेल्न नपरोस।’ विहिबार विभागीय टोली नेपाल पुलिस क्लव र धरान फुटवल क्लव दोश्रो सेमिफाईनल खेल हुने भएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button