ह्याट्रिक गर्ने लक्ष्यसहित पश्चिमाञ्चलको कराँते टिम पाल्पा प्रस्थान

पोखरा न्युज – १८ माघ ।

राष्ट्रिय फुल कन्ट्याक कराँते प्रतियोगितामा लगातार दुई पटक उपाधि जितेको पश्चिमाञ्चलले यस बर्ष पाल्पामा हुने उक्त प्रतियोगितामा उपाधि रक्षा गर्ने उद्धेश्यले टोली विहिबार (आज) पाल्पा प्रस्थान गरेको छ ।

यही माघ १९ र २० गते पाल्पामा हुने स्वं. लक्ष्मण कुमार श्रेष्ठ स्मृती तृतीय राष्ट्रिय फुल कन्ट्याक कराँते प्रतियोगितामा सहभागि हुन पश्चिमाञ्चलको एक टोली विहिबार पाल्पा प्रस्थान गरेको हो ।

नेपाल सिनक्यूकोशिन कराँते केन्द्रको आयोजनामा पाल्पामा हुने उक्त प्रतियोगितामा पश्चिमाञ्चल शाखाका प्रमुख प्रशिक्षक असोक लामा रुम्बा सहित १४ जनाको टोली सहभागि भएको छ । पहिलो र दोश्रो संस्करणको उपाधि रक्षा गरेको पश्चिमाञ्चलले यस पाली विभिन्न उमेर समुहमा १४ जना खेलाडीहरुलाई प्रतिष्प्रर्धामा उतार्ने भएकोले यस पाली च्याम्पियन हुने गरी तयारी गरेको प्रशिक्षक रुम्बाले दाबी गरे ।

४० बर्ष मुनि, ५० बर्ष मुनि, ६० बर्ष मुनि, ६० बर्ष माथि पुरुष तर्फको ईभेण्ट हुने भएको छ भने महिलातर्फ ५० बर्ष माथि र ५० बर्ष मुनिको ईभेण्टमा प्रतिष्प्रर्धा हुने भएको हो । त्यसै गरी उक्त प्रतियोगितामा सोनिया थापा मगर, मन्जु थापा मगर र कृष्ण राज पौडेल गरी तीनजना रेफ्रि समेत पश्चिमाञ्चलबाट सहभागि हुने भएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button