ट्रिपरको ठक्करबाट बटुवाको मृत्यु

पोखरा न्युज – २० माघ । 

ट्रिपरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

बा४ख ३३२४ नं को ट्रिपरले सडक छेउमा हिँड्दै गरेका काभ्रेको बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि अहिले शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ । घटनापछि स्थानीयवासी तोडफोडमा उत्रिएपछि प्रहरीले चार राउण्ड हवाईफायर गरेको प्रहरी निरीक्षक शाहले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button