गोल्ड कपको पुरस्कारमा राखेपले सहयोग गर्छ – विष्ट

डिएनबी, पोखरा न्युज – २० माघ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपालमा संचालन हुने गोल्ड कपको राषि बृद्धि गर्न आग्रह गर्दै उक्त पुरस्कारको लागि आफुहरुले सहयोग गर्ने बताए ।

आहा ! रारा गोल्ड कपको समापनको अवसरमा शनिबार पोखरा आएका विष्टले कार्यक्रममा बोल्दै आहा ! रारा जस्ता गोल्ड कपलाई अन्तराष्ट्रिय स्तरको कायम गर्न पनि पुरस्कार राषि बृद्धि गर्न आग्रह गर्दै पुरस्कार प्रदान गर्न राखेप तयार रहेको बताए ।

सदस्य सचिव विष्टले कार्यक्रममा बोल्दै आहा ! रारा जस्ता गोल्ड कपको पुरस्कारको राषि बृद्धि गरी आवश्यक पुरस्कारको लागि राखेपले रातो कितावमा पार्ने गरी आफुहरुले सहयोग गर्ने वचन दिएका हुन। उनले भने “ अब गोल्ड कपको पुरस्कारमा उल्लेखनिय रुपमा पुरस्कारको राषि बृद्धि गर्नु पर्छ, अन्तराष्ट्रिय टिमहरुलाई आकषर्ण गर्न पनि ५० लाख सम्मको पुरस्कार राषि राख्नु पर्छ, कति पुरस्कार राख्ने आवश्यक पुरस्कार राषिको लागि राखेमा माग गर्न आउनु होला । ”

पोखराको पहिचान अब फेवाताल मात्र नभएको बताउदै उनले पोखराको पहिचान खेलकुद र फुटवल समेत भएको उनले बताए । राखेप सदस्य सचिव विष्टले पोखरालाई स्पोटर्स सिटि बनाउने दाबी गरे । उनले भने “ पोखरालाई स्पोर्ट सिटि बनाउन गृहकार्य सुरु भएको छ, साग गेम्स अन्र्तगत पोखरामा कम्तिमा ५ वटा पुर्वाधार सहितको खेलकुद हुदैछ, यसले यहाँको खेल पर्यटनलाई थप टेवा पुरयाउछ । ” कार्यक्रममा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं सांसद सुर्य बहादुर केसीले पोखरामा खेलकुदको पुर्वाधार आवश्यक भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button