पोखरालाई खेलकुदको राजधानी बनाउने सदस्य सचिव विष्टको उद्घोष

डीएनबी, पोखरा न्युज , २१ माघ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई खेलकुदको राजधानी बनाउने तयारी भएको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले पोखरामा खेलकुदको धेरै सम्भावना भएकोले पोखरालाई खेलकुदको राजधानी बनाउने तयारी भएको उल्लेख गरे । उनले पोखरासहित ईटहरी र दाङको तुलसीपुरलाई खेलकुदको सहर बनाउने राखेपको योजना भएको जनाए । पोखरा खेलकुदको लागि सबैभन्दा उपयुक्त ठाउँ भएको बताउँदै बिष्टले यसको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने उनको दाबी छ। विष्टले पोखरामा सागका कम्तिमा ६ वटा खेल हुने गरी तयारी सुरु गरेको उल्लेख गरे । उनले भने “ पोखरामा महिला फुटवल, पुरुष तथा महिला भलिवल, आर्चरी, ट्रायथोलन, ब्याडमिन्टन, ह्याण्डवल र उसुका खेलहरु खेलाउने तयारी गरिएको छ ।” काठमाण्डौं र पोखरा हाल दुई स्थानमै सागका खेल हुने तयारी भएको उनले जनाए । उद्यपि, पूर्व र तराई क्षेत्रमा केही खेल आयोजना गर्नुपर्ने मागसमेत आएको उनले बताए।

सदस्य सचिव विष्टले गोल्डकप खेलाउने संस्थाको क्षमताअनुसार प्रतियोगिता आयोजना गर्नुपर्ने बताउँदै उनले त्यसको प्रथम पुरस्कारको राशी राखेपले दिने जनाए। उनले भने “ गोल्डकपमा धेरै राशी राख्दा यसको रकम खेलाडीसम्म पुग्ने हँुदा नव खेलाडीहरुलाई खेलप्रति आकर्षण गर्नपनि राशीमा भारी बृद्धि गर्नुपर्छ।” कास्कीमा क्रिकेट मैदानको लागि जग्गा खोज्न आग्रह गर्दै सदस्य सचिव विष्टले थप एउटा क्रिकेट मैदान बनाउनुपर्ने र त्यसका लागि तुरुन्तै रकम बिनियोजन गर्न सकिने दाबी गरे। खेलकुदका लागि जग्गा कम भएकाले कामविहिन् जग्गा सदुपयोग गर्नका लागि खेल सम्वद्ध संघसंस्थाहरुलाई समयमै खाली जग्गा कब्जा गर्न निर्देशन दिएका छन्।

उनले भने “देशमा स्वास्थ्य नागरिक उत्पादन गर्न खेल मैदान आवश्यक पर्छ, हामीसंग पर्याप्त मात्रमा जग्गा पनि छैन। भएका सरकारी जग्गा स्थानीय निकायसंग समन्वय गरी खेल सम्वद्ध संघसस्ंथाहरुले आÇनो नियन्त्रणमा राखेर खेल पूर्वाधार निर्माणमा लाग्नुहोस ।” तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) तोकिएकै मितिमा नेपालमा हुने दाबी गरेका सदस्य सचिव विष्टले पूर्वाधार निर्माण र राखेपका कारण साग गेम्समा कुनै असर नपर्ने दाबी गरे ।
सरकारले बजेट नदिए, सरकार र ओलम्पिक कमिटीको कारणले सागको तिथिमिति सरेपनि राखेपको कारणले कुनै असर नपार्ने गरी काम भएको उनले जनाए ।

एक अर्ब भन्दा बढी बजेटमा पोखरामा अत्याधुनिक पोखरा रंगशाला निर्माण गर्नको लागि ग्लोवल टेण्डर आव्हान गरेपनि एउटा मात्र कम्पनी योग्य भएकोले पुनः दोश्रो चरणमा टेण्डर आव्हान हुने सदस्य सचिव विष्टले बताए । उनले भने “पहिले टेण्डर भरेका ६ वटा कम्पनीमध्ये एउटाले मात्र मापदण्ड पूरा गरेकाले पुनः १५ दिनको म्याद दिएर टेण्डर आब्हन गर्न लागेका छौ । अब, कम्तिमा एक बर्षमा पोखरा रंगशाला निर्माण हुन्छ । यसमा कुनै शंका छैन ।” अहिले पुरानो रंगशाला भत्काउने क्रम जारी छ भने दुई महिनाभित्र पुन: टेण्डर पक्रिया सकेर १० महिनामा निर्माण सकिने गरी निमाणकार्य हुने उनले जनाए। काठमाडौं र पोखरामा दुईवटा फुल एसीसहितको ह्याण्डवल डोम बनाउने राखेपले तयारी गरेको बताउँदै उनले त्यसका लागि ९ करोड बजेट छुट्याइसकेको जनाए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button