पोखराको माउण्टेन म्युजियमको जानकारी अब मोवाइल ऐप्सबाट

डीएनबी, पोखरा न्युज , २१ माघ ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको सम्पूर्ण जानकारी अबदेखि कुनै गाइडले होइन, मोवाइल ऐप्सबाटै हुने भएको छ ।

समयको मागअनुसार र प्रविधीलाई आत्मसाथ गर्दै उक्त संग्रहालयबारे जानकारी गराउन मोवाइल ऐप्सको सुविधा उपलब्ध गराएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले आइतबार पोखरामा पत्रकारहरुसंगको भेटघाटमा बताए। उक्त संग्रहालयमा एकै दिनमा ३ हजार ५ सय जनासम्म पर्यटकहरु आउने हुँदा उनीहरुलाइ गाइडले जानकारी गराउँदा झन्झटिलो र खर्चिलो हुने हुँदा आफूहरुले मोवाइल ऐप्सको प्रयोग गरेको उनले जनाए। एनड्रोइड र एप्पलको आइओस दुबैमा चल्ने उक्त मोवाइल गाइडमा नेपाली, अंग्रेजी, कोरियन भाषामा संग्रहालयमा राखिएका बस्तुहरुको परिचय तथा विवरण हेर्न, पढ्न र सुन्न पाइने ब्याबस्था गरिएको अध्यक्ष लामाको भनाई छ ।

हाल, उक्त संग्रहालय परिसरमा मात्र उक्त सेवा सञ्चालन हुनेगरी उक्त सेवा सञ्चालन गरिएको गण्डकी कलेज अफ ईञ्जीनियरिङ एण्ड साइन्सका फयाकल्टी ईञ्जीनियर राजेन्द्रबहादुर थापाले जानकारी दिए । उनको नेतृत्वमा २०७३ सालदेखि रिसर्च एण्ड विजनेस डेभेलपमेण्ट कार्य गरी अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा मोबाइल गाइडको निर्माण गरिएको हो ।

संग्रहालयमा हल अफ माउन्टेन पिपल, हल अफ माउन्टेन, हल अफ माउन्टेन एक्टिभिटिज र ल अफ एशोशिएट एक्जिविशन गरी चार कक्षहरु छन् । सबै कक्षका गरी करिब २ सय आर्टिफ्याक्ट (बस्तु) हरुको जानकारी यस मोबाइल ऐप्समा राखिएको ईञ्जीनियर.थापाले बताए । उनले भर्ने हामीले कोरियको सहयोगमा उक्त ऐप संचालनमा ल्याएका हौं। यो हाम्रै देशको उत्पादन भएकोले गर्दा यसको दिगो हुनेमा हामी ढुक्क छौं ।’

नेपाल इनोभेसन टेक्नोलोजी एण्ड आन्टरप्रिनरशीप सेन्टर नामक पोखरा विश्वबिद्यालयको कार्यक्रममार्फत गण्डकी कलेज अफ ईञ्जीनियरिङ एण्ड साइन्स र पोखरा विश्वबिद्यालयका फ्याकल्टी र बिद्यार्थीहरुबाट निर्माण गरिएको डिजिटल मोबाइल गाइड एप्लिकेशनको सोमबार एक समारोहकाबीच औपचारिक रुपमा उद्घाटन गरिने भएको संग्रहालयका सह–संयोजक विजय गुरुङले बताए । उक्त मोवाइल ऐप्सले पर्यटकहरुलाई छिटो छरितो ढङ्गले संग्रहायलबारे बुझ्न सहज हुने संघ अन्नपुर्ण च्याप्टरका अध्यक्ष कृष्ण काफ्लेले बताए ।

उक्त संग्रहालय स्थापनाको सोमबार १४ बर्ष पूरा गरी १५ बर्ष प्रबेशको अवसरमा उक्त मोवाइल ऐप्सको उद्घाटनसहित पोखराबारे उहिले र अहिलेको चर्चा हुने कार्यक्रम तय गरिएको कार्यक्रम सहजकर्ता कुशल गुरुङले बताए । विदेशमा जन्म भई कर्मथलो पोखरा बनाएका शिक्षाविद् जर्ज जोन र कर्णेल जेपी क्रसबाट उहिलेको पोखरा र संघका संल्लाहकार गणेश गुरुङले अहिलेको पोखराबारे जानकारी गराउने भएका हुन् ।

गत बर्ष उक्त अन्तराष्ट्रिय म्युजियममा करिब २ लाख, ५५ हजार पर्यटकहरु भित्रिएको संघले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button